सिपालु सोलुसनले सार्वजनिक गर्‍यो “Sheepalu Connect”, “Sheepalu HardTech” र “Sheepalu SoftTech”

१३ कार्तिक, काठामाडाैँ । नेपालमा शिक्षा र प्रविधिमा नयाँ युग सुरु गर्दै सिपालु सोलुसनले आफ्नो नयाँ पहलहरू Sheepalu Connect, Sheepalu HardTech, र Sheepalu SoftTech औपचारिक रूपमा सार्वजनिक गरेको छ।

Sheepalu Connect एक आधुनिक शैक्षिक सफ्टवेयर हो, जसले विद्यालय, कलेज तथा विश्वविद्यालयहरूका प्रशासनिक र शैक्षिक कार्यहरू सहज, द्रुत र व्यवस्थित बनाउन सहयोग गर्दछ। जसमा विद्यार्थी र शिक्षकको विवरण व्यवस्थापन, उपस्थिती प्रणाली र रुटिन निर्माण, शिक्षण सामग्री र असाइनमेन्ट व्यवस्थापआन्तरिक मूल्यांकन र अंक व्यवस्थापन लगायत सुविधाहरूमा समावेश रहेकका छन्। यस सफ्टवेयरले शैक्षिक संस्था सञ्चालनमा सजिलो, द्रुत प्रक्रिया र उच्च कार्यदक्षता सुनिश्चित गर्दछ।

यस्तै Sheepalu HardTech ले आधुनिक स्मार्ट क्लासरूम र प्रयोगशाला निर्माणमा काम सुरु गरेको छ। कम्प्युटर ल्याब, नेटवर्क ल्याब, AI ल्याब, इनक्युबेशन ल्याब,आधुनिक प्रविधिमा आधारित सिकाइ वातावरण, स्मार्ट क्लासरूमहरू ब्यबस्थापन गर्दछ। यस पहलले विद्यार्थी र शिक्षकहरूलाई प्रविधिसँग जोड्ने र गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

सिपालुको नयाँ शाखा Sheepalu SoftTech ले Software Development, Web Development, Mobile App Development, Digital Marketing लगायतका सेवा प्रदान गर्नेछ। यसले कम्पनीको नीति, मापदण्ड र गुणस्तरीय कार्यशैली अनुसार सेवा सञ्चालन गर्ने कम्पनीका सिटिओ आशिस गौतमले जानकारी दिनुभयो ।

सिईओ इ.दीपेश न्यौपानेका अनुसार सिपालु सोलुसनको मूल उद्देश्य भनेको नवीनतम प्रविधि र स्मार्ट इनोभेशनको माध्यमबाट नेपालका शिक्षण संस्था र व्यवसायलाई सशक्त बनाउनु हो। हाम्रो सेवाले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास राख्छौं। डिजिटल ट्रान्सफर्मेशन र स्मार्ट इनोभेशन मा विश्वास राख्दछ। यसका नयाँ पहलहरूले नेपालका शिक्षण संस्था र व्यवसायिक क्षेत्रमा आधुनिक, प्रविधिमैत्री समाधानहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours