मनाङमा भारी हिमपात (तस्बिरहरु)

११ कार्तिक, मनाङ । हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । मनाङमा गएरातिदेखि नै हिमपात सुरु भएको हो । बाक्लो हिउँले जमिनको पुरै ढाकेको छ । हिमपातको सम्भावना रहेकाले मनाङ ममुस्ताङको माथिल्लो भागमा नजान हिजो नै सतर्क गराइएको थियो ।

यस वर्षको तिहारमा लामो छुट्टी परेका कारण मनाङ, मुस्ताङ लगायतका जिल्लाहरुमा आन्तरिक पर्यटकहरुको लर्को लागेको छ । अहिले बाक्लो हिमपातका कारण उनीहरु बिचमै रोकिएका छन् । यद्यपी केही पर्यटकहरु हिउँ खेल्न पाउँदा उत्साहित पनि छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती , गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात तथया वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours