०६ कार्तिक, युगान्डा । युगान्डाको प्रमुख राजमार्गमा दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको छ । अरू ४० जना भन्दा धेरै घाइते भएका छन् । युगान्डा प्रहरीका अनुसार दुर्घटना मध्यरातपछि कम्पाला–गुलु मोटरवेमा भएको हो ।
प्रहरीले सामाजिक सञ्जाल एक्समा प्रकाशन गरेको विज्ञप्तिमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको उल्लेख छ । चालकहरू मध्ये एकले ठक्करबाट जोगिन प्रयास गर्दा बस पल्टिएको र त्यसपछि चेन रियाक्सन स्वरूप अरू चार वटा गाडी समेत नियन्त्रण गुमाई पटक–पटक पल्टिएका विज्ञप्तीमा उल्लेख छ ।
४३ जनाको मृत्यु भएको पुष्टि भएको र ४० जना भन्दा धेरैलाई अस्पताल पुर्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धेरैजना गम्भीर घाइते भएका छन् । युगान्डामा यसअघि पनि ओभरटेकका कारण हुने दुर्घटनाहरूमा धेरैले ज्यान गुमाउने गरेका छन् ।


+ There are no comments
Add yours