०३ कार्तिक, काठमाडाैँ । मिति २०८२ साल कार्तिक ५ गते बुधबार कार्तिकशुक्ल प्रतिपदा तिथी बेलुका ६ / २० बजेसम्म त्यस उप्रान्त द्वितीया तिथी आरम्भ भएको हुनाले गाईगोरू पूजा गर्नु पर्दछ।गाई”’ एक प्रकारको घर पालुवा साकाहरी जनानर हो ।गाईलाई ब्रह्माजीको पुत्रीका रूपमा स्वीकार गरिएको छ–
नमोः ब्रह्मसुता ।त्यस्तै चारवटै वेदहरुले गाईको महत्व दर्शाएका छन् ।
मयोभूर्वातो अभि ।।
(दशम मण्डल, सूक्त १६९ ।।१।।)
अर्थात् सबैलाई सुख दिने वायुदेव गाईतिर बहन्छन् ।बल प्रदान गर्ने औषधि गाईले सेवन गरून् । श्रेष्ठ र प्राणलाई सन्तुष्ट प्रदान गर्ने जलको सेवन गरून् । हे रुद्रदेव ! दूधरुपी पोषक रस दिने गाईलाई सुख प्रदान गर ।गाईको भाले बच्चा (बाछो)लाई बहर भनिन्छ र पोथी बाछोलाई बाछी भनिन्छ ।गाईको बहर ठुलो भयो भन्या बल्ल भनिन्छ । बल्ललाई खेत जोत्ने काममी प्रयोग गरिन्छ ।गाईको गोबरको मल खेतमी हाल्नाले खेती राम्रो हुन्छ । कतै कतै गाईको गोबरको गोइठा बनाएर आगो बाल्न प्रयोग गरेको पाइन्छ ।गाई नेपालको राष्ट्रिय जनावर हो ।हिन्दू धर्म धर्ममा गाइलाई गौमाता भनिन्छ र पूजा लै गरिन्छ । गाइको गोबर, गौमुत्र, दूध, दही र घ्यु एकै ठाउँमा मिलाएर पञ्चगव्य बनाइन्छ। पञ्चगव्य हिन्दू धर्मका अनुसार अति पवित्र चिज हो। गाईको पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ । हिन्दू मान्यता अनुसार गोमुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ । कुनै पनि धार्मीक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ ।

गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्व छ ।हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरू निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ।साथै तेत्तीसकोटी देवता गाइको शरीरमा निवास गर्नुहुन्छ।भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु र मुखमा शिवजी निवास गर्नु हुनेछ। प्राणको रक्षा गर्न, पापको नाश गर्न, मृत्युपश्चात् पनि आत्मालाई स्वर्गसम्म पुर्याउने वैतरणी नदी तार्न पनि गाई नै चाहिन्छ भन्ने कुरा गरुण पुराणमा स्पष्ट बताइएको छ ।
बृहत् पराशर स्मृतिमा गाईको शरीरमा देवीदेवता, ऋषिमुनिहरूको बासबारे वर्णन गर्दै भनिएको छ– गाईको सिङको मूलमा ब्रह्माजी, दुवै सिङको मध्यभागमा नारायण र शीर्ष भागमा महादेव रहनुहुन्छ, यसको अतिरिक्त सिङको अग्रभागमा चर–अचरसहितका सबै तीर्थस्थलहरू, ललाटको अग्रभागमा पार्वती, नाकको बीचमा कुमार कार्तिकेय, दुवै कानमा कम्बल र अस्तर नामक नाग, दाहिने र देब्रे आँखामा सूर्य र चन्द्र, दाँतमा अष्टवसु, जिब्रोमा वरूण, हुंकारमा भगवती सरस्वती, गण्डस्थल (गाला)का एकातिर यम र अर्कातिर यक्ष, रौंका प्वालहरू (रोमकुप)मा समस्त ऋषिगण, गोमुत्रमा गंगाजी, गोमय (गोबर)मा यमुना तथा लक्ष्मीसहित सबै देवता, पेटमा गार्हपत्य अग्नि, हृदयमा दक्षिणाग्नि, मुखमा आहवनीय अग्नि विद्यमान छ ।कुक्षियहरूमा सभ्य र आवसथ्य नामका अग्निहरू बस्छन् ।
यसकारण ३३ कोटी देवी–देवताको बास गाईमा हुने हुँदा जसले गाईलाई स्नेह र आदर गर्छ ।क्रोध देखाउने, पिट्ने आदि गर्दैन, उसलाई महान ऐश्वर्यसहित स्वर्गलोक प्राप्त हुन्छ भनिएको छ ।(बृहत पराशर स्मृति) गाईको विषयमा वेदलगायत पद्मपुराण, भविष्यपुराण, ब्रह्माण्डपुराण, स्कन्दपुराण तथा महाभारत आदिमा वर्णन गरिएका पाइन्छन् ।पुराणहरूमा कपिला, सुरभि, नन्दिनी, कामधेनु, रोहिणी आदि गाईहरूको वर्णन गरिएको छ ।गोसेवा, गोदान, वृषभ दानलाई धार्मिक कार्यको रूपमा र गोहत्या, गोपीडन तथा गोमांस भक्षणलाई महापापको रूपमा पुराणहरूमा वर्णन गरिएको पाइन्छ । गाइलाई छाडा छोड्ने मान्छे जतिसुकै धर्मात्मा भए पनि , जति सुक्कै धनी भए पनि , मरे पछाडी तिनिहरू तिनै गाइका पापले सत्ताइस किसिमका डरलाग्दा नरकमा पर्दछन भन्नेकुरा श्रीमद्भागवत महापुराणमा समेत वर्णन रही आएको छ।गाइलाइ दुःख दिनु, मार पिट गर्नु, गोठबाट निकाल्नु भनेको आफुलाइ जन्माएकी आमालाइ घरबाटा नै निकाल्नु जत्तीकै घोर अपराध हो।जताततै जानेर वा अन्जानमा यदि कोही गृहस्थ गाइ प्रति दुव्यवहार गर्दछ भने त्यो निन्दित पशुतुल्य नराधम कोही पनि हुन सक्दैन ।
अग्न्याधानं गवालम्भं संन्यासं पलपैतृकम् ।
देवराच्च सुतोत्पत्तिस् कलौ पञ्च विवर्जयेत् ।।
अर्थात्, अग्निहोत्र कर्म, गोमेध याग, सन्यास, मासुको पीण्डदान, देवरबाट सन्तान उत्पत्ति गर्नेजस्ता पाँच कुरा कलियुगमा बर्जित छन् ।त्यसै कारण वैदिन कालबाट हिन्दू धर्म मान्नेहरुले गाईको पूजा गर्दै आइरहेका छन् ।
गावो मे अग्रतःसन्तु ,
गावो मे सन्तु पृष्ठतः।
हिन्दुहरुका प्रत्येक कर्मकाण्ड र पूजाका काममा यो पञ्चगव्य नभई नहुने छ।पञ्चगव्यले कतिपय असुद्धलाइ सुद्ध बनाएर त्यसलाइ पान अरेमा आफुपनि सुद्धहुने तथा कतिपय रोगहरु समेत निवारण हुने काममाइ प्रयोग अरिन्छ ।गाइको गौंत सय मिलिग्राम जति कपडामा छानेर बिहान खाली पेटमी पियोभने कब्जियत,ग्यास्ट्रीक,मन्दाग्नी क्यान्सर लगायतका सबै पेटका रोगहरु बाट पनि मुक्त हुन सकिन्छ भन्ने कुरा आयुर्वेद शास्त्रहरुमा लेखेको पाइन्छ । गाइका गोबरले लिपपोत गर्यो भने घर भित्र र आँखाले देक्न नसकिने किटाणु सवै नाश हुनका साथै घर भित्र पनि सुद्धताको आभास हुन्छ ।गाइको गोरस बाट देवतालाई चढाइने पञ्चामृत देवताहरुको संतुष्टीका लागी गरिने हवनकार्य गाइको घ्यु बाट मात्रै हुने गर्दछ ।
घरमा गाइ पालिनु र गाइको सेवा गर्नु भनेको तेत्तीसकोटी देवतालाइ पाल्नु र तिनीहरुको सेवा गर्नु बराबर हो।गावो विश्वस्यमातरः अर्थात् गाइनै सबै विश्वकी आमा हुन् भन्ने कुरा वेदमा लेखिएको छ। हिन्दु जनमानसमा धार्मीक कार्य , यज्ञ–यज्ञादी तथा मृतकहरुको अन्त्येष्टिका काममा गाइको दान गर्नाले जीवित र मृतक मान्छको सजिलैसँग उद्धार गर्दछ भन्ने विश्वास गरिन्छ।बैतरणी जस्ता घोर नरकहरु पार गराउने हुँदा गौदानको ठूलो महत्व छ।प्राचीन कालमा भगवान श्री कृष्ण आफु गाइका प्यारा गौ सेवक हुनुहुन्थ्यो ।हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्नेगर्दछन् ।नेपालमा गाई तिहारको दिन गाईको पूजा धुमधा


+ There are no comments
Add yours