०१ कार्तिक, काठमाडौँ। मिती २०८२ साल कार्तिक २ गते आइतबार काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो।चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ ।यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ ।यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । यस दिन कागको पूजा गर्ने गरिन्छ।काग कालो रङ्गको एक चराको नाम हो।यसलाई हिन्दी भाषा, तथा नेपालको तराई प्रदेशका भाषाहरू कौवा भनिन्छ।कागलाई संस्कृतमा काक भनिन्छ।तिहारमा (यम पञ्चकमा) पहिलो दिन कागको पूजा हुन्छ।कागलाई सबै चराहरूको बिचमा चतुर र चलाख पंक्षी मानिन्छ।

ज्योतिष शास्त्रकानुसार कागलाई पूर्व सूचना दिने पंक्षीका साथै एक सन्देश वाहक पंक्षी पनि मानिएको छ।गरुड पुराणमा उल्लेख प्रसङ्ग अनुसार कागलाई पितृहरूको आत्मासँग सम्बन्धित मानिएको छ । हिन्दु संस्कारमा पितृपक्षमा कागलाई अन्न या खानेकुरा चढाउने चलन छ, जसलाई पितृहरूको तृप्तिका लागि गरिन्छ । कागले पितृहरूको सन्देश लिन्छ र आशीर्वाद प्राप्त गर्ने माध्यम बन्छ । रामायणको प्रसंगअनुसार कागको रूप धारण गरेको इन्द्रपुत्र जयन्तले सीतालाई अपमान गरेपछि भगवान रामले उनलाई दण्डित गर्नु भएको थियो।जसले न्यायको महत्त्वलाई दर्शाउँछ । #सर्वभक्षी प्राणीका रूपमा पनि कागलाई नै लिने गरिन्छ । कागलाई खुसी पारेर तिनको अनुकम्पा प्राप्त गर्ने विश्वासले कागपूजाको प्रचलन सुरु भएको हो भनेर भन्न सकिन्छ ।
गलाई शनि देवताको वाहनको रूपमा पनि मानिने भएकाले यसलाई न्याय र कर्मका प्रतीकको रूपमा हेरिन्छ ।कागले व्यक्तिका कर्महरूको फलको प्रतिनिधित्व गर्न सक्छ भन्ने जनविश्वास छ ।
शनि देवताको पूजा गर्दा कागलाई भोग अर्पण गर्नाले शुभ फल प्राप्त हुने विश्वास गरिन्छ । विशेषतः शनिबारको दिन कागलाई चारो वा खानेकुरा दिनाले शनि जन्य दोष कम भएर जान्छ भन्ने ज्योतिषीय मान्यता रहेको छ ।जातक कुण्डलीमा शनि दोष भएमा कागको पूजा गर्ने सल्लाह दिइन्छ, त्यसैले पनि यमपञ्चकमा काग पूजाको महत्त्व विशेष रहन गएको हो । कागहरू धेरै प्रजातीका हुन्छन्।हाम्रो मुलुकमा दुई थरिका कागहरू प्राय: भेटिएका छन्, काले काग र माले काग।भनिन्छ कागको एउटा आँखा मात्र हुन्छ।यो सत्य पनि हो कागको आँखा दुईटा भए पनि एउटा आँखाले मात्र काम गरेको हुन्छ।हिन्दू मान्यताका अनुसार कागलाई विभिन्न तान्त्रीक तथा ज्योतिष प्रयोगमा ल्याइन्छ।कागहरु नेपाल लगायत का थुप्रै देशहरूमा पाईन्छन्।कतिपय ठाउँमा यदि कसैलाई चलाख र चतुर भन्नु पर्यो भने ‘कस्तो काग रैछ’ पनि भनिन्छ।यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिइ काग तिहार मनाउने गरिन्छ।
कागोऽसि यमदूतोऽसि वायोसोsसी माहामते ।
ईहं बलिं गृहाण त्वां त्रायस्व यमसङ्कटात् ।।
अर्थात-हामीले दिएको खानेकुरा खाएर प्रशन्न होऊ यमदण्डरुपी संकटबाट मूक्ति दिलाउ ।कागलाई यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ।त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन्।यो दिन कागलाई पूजा नगरी र खान नदिए पापकोभागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ।
पं-बालमुकुन्द देबकोटा


+ There are no comments
Add yours