आज रिहा होलान् त विपिनलगायत बन्धक?

२७ असाेज, काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धक रिहा गर्ने तयारी गरेको छ।

तर रिहाइको सही समय स्पष्ट भइसकेको छैन। बन्धकमा नेपालका विपिन जोशी पनि छन्।

समयसीमा के हो?

हमासले बन्धकहरू रिहा गर्न स्थानीय समयअनुसार आज सोमबार दिउँसो १२ बजे (नेपाली समय दिउँसो २:४५) सम्मको समय दिएको छ।

इजरायलले के भन्यो?

इजरायली सरकारका प्रवक्ता शोश बेद्रोसियानले स्थानीय समय सोमबार बिहान सबै २० जीवित बन्धक रेडक्रसलाई हस्तान्तरण गर्ने अपेक्षा गरिएको बताएका छन्।त्यसपछि उनीहरूलाई इजरायल ल्याइनेछ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल बन्धकहरूलाई लिन तयार रहेको बताएका छन्।

गाजाबाट के जानकारी प्राप्त भएको छ?

गाजाको हमास-नियन्त्रित नागरिक रक्षाले जीवित इजरायली बन्धकहरूको गणना पूरा गरिसकेको र उनीहरूलाई रिहाइ गर्नुअघि विभिन्न स्थानमा तितरबितर पारिएको छ।

स्रोतहरूले बीबीसीलाई बताएअनुसार हमासले अझै पनि मारवान बरघौती र अहमद सदातलगायत सात उच्च-प्रोफाइल बन्दीहरूको रिहाइको माग गरिरहेको छ।

ती सातमध्ये दुई जना पनि रिहा भए भने बाँकी रहेका सबै बन्धकहरूलाई आज रिहा गरिनेछ।

अमेरिका के भनिरहेको छ?

अमेरिकाक ाउपराष्ट्रपति जे.डी. भान्सले एनबीसीको ‘मिट द प्रेस’मा भनेका छन्, ‘बन्धकहरूलाई जुनसुकै बेला रिहा गर्न सकिन्छ।’

उनले थपे, ‘राष्ट्रपति ट्रम्पले सोमबार इजरायल आइपुगेपछि रिहा गरिएका बन्धकहरूसँग भेट्नुहुनेछ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours