२३ असोज, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (बिहीबार) पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। दिउँसो १ बजे कुपण्डोलस्थित हिमालय होटलमा बस्ने यो बैठकसँगै देउवा ‘जेनजी’ आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका छन्।
बैठकमा मुख्यगरी असोज २६ गते बस्ने केन्द्रीय समितिका एजेन्डाहरू तय गरिनेछ। यसका साथै पार्टीको आगामी महाधिवेशन, निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल हुने बताइएको छ।
स्मरण रहोस्, जेनजी आन्दोलनको क्रममा भदौ २४ गते सभापति देउवा र उनकी पत्नी आरजु राणामाथि आक्रमण भएको थियो। लामो समयपछि देउवा सार्वजनिक कार्यक्रममा देखिन लागेकाले यस बैठकलाई महत्त्वका साथ हेरिएको छ।


+ There are no comments
Add yours