अस्पतालभित्र औषधि कम्पनीका एमआरलाई निषेध, नियम उल्लंघन गरे कारबाही

२३ असोज, काठमाडौँ । निजामती अस्पतालले औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरू (एमआर)लाई अस्पतालमा प्रवेश निषेध गरेको छ ।

अस्पतालमा कार्यरत ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्दा बिरामीलाई असुविधा भएकाले अस्पतालमा प्रवेशमा रोक लागएको हो ।

अस्पताल प्रशासनका अनुसार मेडिकल प्रतिनिधिहरूको यस्तो गतिविधिले अस्पतालको संवेदनशील वातावरणमा नकारात्मक असर परेको छ ।

‘अबदेखि अस्पताल परिसरमा कुनै पनि औषधि कम्पनीका प्रतिनिधिहरू आएर यस्ता कार्य गरेको पाइएमा नियमअनुसार कारबाही गरिनेछ,’ जारी सुचनामा भनिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours