मौसम सफा भएसँगै विद्यालयमा आश्रय लिएका बाढी प्रभावितहरू घर फर्किंदै

१९ असाेज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएका विद्यालयहरूबाट बाढी प्रभावितहरू क्रमिक रूपमा आफ्नो बासस्थानतर्फ फर्किंदै छन्। हाल विद्यालयहरूमा बालबालिका र वृद्धवृद्धा मात्र बाँकी छन्।

हिजो जोखिममा रहेका परिवारहरूका लागि महानगरपालिकाभित्रका करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रयस्थलका रूपमा प्रयोग गर्न व्यवस्था मिलाइएको थियो।

तीमध्ये ४ वटा विद्यालयमा जोखिमपूर्ण अवस्थाका परिवारलाई स्थानान्तरण गरी राखिएको थियो।

जसमध्ये विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना, जन विकास माध्यमिक विद्यालय, कुलेश्वरमा ५२ परिवार (२५१ जना) थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours