१८ असाेज, काठमाडौँ । यो असोज र कात्तिक लाग्छ
यसरी आएको छ-
जसरी समशितोष्ण शरद…
वास्तविकताको घाम झुल्किसकेको छ
जसरी जूनतारा चन्द्रमा उदाउँछ अन्धकार रातमा
अनुभव /अनुभूतिका जमराहरू टुसाउँदै छन्
जसरी यो जीवन सूर्यले,
आफ्नो आकार/ स्वरूप फेरेको छ…
जसरी यी कोपिला, पालुवा र पातहरूमा,
हरियाली वसन्त बहार छाएको छ…
जसरी यहाँ हावाहुरीको तीव्र वेगले,
सोचविचार एवं भावहरू उडाएको छ…
जसरी यो दसैँतिहारको आगमनले,
प्रत्येक केटाकेटीलाई उमङ्गित तुल्याउँदै उफारेको छ
जसरी यो जिन्दगीले फेरि कुनै मीठो गीत
कानमा सुस्तरी गुनगुनाएको छ…
यसरी नै लाग्छ,
असोज र कात्तिकसँगसँगै
नेपाल नेपालीको ठूलो चाडपर्व दसैँतिहार आएको छ!


+ There are no comments
Add yours