१३ असाेज, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २० को वडा कार्यालय नजिकै भीमसेनस्थानमा रहेको एक घरमा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले दिएको जानकारीअनुसार, आज बिहान करिब ४ बजे आगलागी सुरु भएको थियो।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको साथै काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
प्रहरी उपरीक्षक चन्दले आगलागी नियन्त्रणमा आए पनि क्षतिको विवरण भने सङ्कलन गर्ने कार्य भइरहेको बताए।


+ There are no comments
Add yours