०९ असोज, काठमाडौं । दशैंको अवसरमा सामसङ नेपालले आफ्ना बहुप्रतीक्षित फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड६’ र ‘ग्यालेक्सी जेड फ्लिप६’ को मूल्य घटाएको छ ।
यससँगै यी अत्याधुनिक स्मार्टफोन अब ग्राहकका लागि पहिलेभन्दा धेरै सुलभ मूल्यमा उपलब्ध हुने भएका छन् । यो पर्वमा आफ्ना प्रियजनलाई नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता विशेष फोन उपहार दिएर खुसीयाली मनाउन सकिने कम्पनीले जनाएको छ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘सामसङमा, हामी मान्छौं कि रूपान्तरणकारी प्रविधि सबैका लागि सुलभ हुनुपर्छ । यस दशैंमा हामी केवल विशेष मूल्य मात्र प्रदान गर्दैनौं, हामी सबैलाई हाम्रो अभूतपूर्व ग्यालेक्सी शृङ्खलाको अनुभव गर्न निम्तो गर्दछौं । यी जडानका क्षणलाई सक्षम पार्दा हामीलाई गर्व लाग्छ, जसद्वारा तपाईंले आफ्ना प्रियजनसँग माया बाँड्न र यो पर्वको खुसियाली मनाउन सक्नुहुन्छ ।’
ग्राहकले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ खरिद गर्दा ५० हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सक्नेछन् । यसका साथै ग्राहकले ग्यालेक्सी एको क्षमता पनि पत्ता लगाउन सक्नेछन् ।
आकर्षक मूल्य र क्यासब्याक अतिरिक्त सामसङ नेपालले वित्तीय सुविधा पनि उपलब्ध गराएको छ । नेपालभरिका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत् यी अत्याधुनिक स्मार्टफोन शून्य प्रतिशत ब्याजमा सजिलो ईएमआईमा खरिद गर्न सकिने छ ।
यस योजनामा अब पूर्ण मनशान्तिका लागि १८ महिनाको यन्त्र बीमा समेत समावेश गरिएको छ । यो प्रक्रिया निकै सरल रहेको र यसका लागि केवल नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने कम्पनीले जानकारी दिएको छ ।


+ There are no comments
Add yours