०६ असाेज, काठमाडौँ । ग्लोबल टेक कम्पनी जेडटीईले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ सार्वजनिक गरेको छ। दुवै स्मार्टफोनहरू ठूलो स्क्रिन र शक्तिशाली ब्याट्रीका साथ आकर्षक मूल्यमा उपलब्ध छन्।
जेडटीई नुबिया ए५६
बजेटमै शक्तिशाली स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि नुबिया ए५६ उपयुक्त छनोट हो। यसमा ६.७५ इन्चको एचडी+ स्क्रिन र ५००० एमएएच ब्याट्री रहेको छ। यसमा भएको अक्टा-कोर टी७२०० चिपसेट ले सहज मल्टिटास्किङका लागि मद्दत गर्छ। फोनमा १२ जीबी र्याम (जसलाई ८ जीबी सम्म भर्चुअल रूपमा बढाउन सकिन्छ) र १२८ जीबी स्टोरेज छ। यसको मूल्य रु. ११,९९९ तोकिएको छ, जसमा १८ महिनाको वारेन्टी पनि पाइन्छ। यो फोन शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनामा पनि खरिद गर्न सकिन्छ।
जेडटीई नुबिया ए३६
जेडटीई नुबिया ए३६ ले शक्ति र शैलीको सन्तुलन प्रस्तुत गर्छ। यसमा ६.७५ इन्चको ठूलो एचडी+ स्क्रिन, १२ जीबी र्याम (८ जीबी भर्चुअल एक्सपाण्ड सहित), ६४ जीबी स्टोरेज र अक्टा-कोर टी७२०० चिपसेट रहेको छ।
५००० एमएएच को शक्तिशाली ब्याट्रीले लामो समयसम्म टिक्ने क्षमता प्रदान गर्छ। कम्पनीका अनुसार यो फोन ५० महिनासम्म ढुक्कसँग प्रयोग गर्न सकिन्छ। यसको मूल्य रु. १०,९९९ छ र यसमा पनि १८ महिनाको वारेन्टी उपलब्ध छ। यो फोन पनि शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनामा खरिद गर्न सकिनेछ।
यी दुई नयाँ स्मार्टफोनको आगमनसँगै जेडटीईले नेपाली बजारमा आफ्ना उत्पादनको दायरा विस्तार गरेको छ। यसले प्रयोगकर्ताहरूलाई आकर्षक मूल्यमा भरपर्दो कार्यसम्पादन र राम्रो ब्याट्री भएको स्मार्टफोन उपलब्ध गराएको छ।


+ There are no comments
Add yours