शुक्रबारदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक साढे ४ बजेपछि सञ्चालनमा आउने

०५ असाेज, काठमाडौँ । शुक्रबारदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक आज अपरान्हदेखि सञ्चालनमा आउने भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला पुल नजिकै निरन्तर पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ ।

पहिरो पन्छाउँदै जाँदा अहिले वारपार देख्न सकिने भएको र करिब २ घण्टाभित्र सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।​

अहिले पनि दुवैतर्फबाट पहिरो फाल्ने काम भइरहेको छ ।​

‘दुवैतर्फबाट मशिनहरू निरन्तर काम गरिरहेको हालको अवस्थामा अबको करिब दुई घण्टा भित्र सवारी आवागमन सञ्चालन हुने जानकारी गराइन्छ,’ दिउँसो २ बजेर २५ मिनेटको अपडेटमा सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours