जेनजी प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

०२ असोज, काठमाडौँ । जेनजी प्रदर्शनका हिंसात्मक दृश्य र घटनाक्रमका कारण किशोरकिशोरी र युवामा मानसिक समस्या बढेको छ। लगनखेल मानसिक अस्पतालका अनुसार , निद्रा नलाग्ने , डर , चिन्ता , थकान , ध्यान नजाने , व्यवहार परिवर्तन जस्ता लक्षण बोकेर धेरै युवा परामर्शमा पुगेका छन् ।

विशेषज्ञका अनुसार, बालबालिकामा दीर्घकालीन असर देखिन सक्ने र उनीहरूलाई समर्थन, संवाद, कला–खेलकुदमा संलग्न गराएर मानसिक अवस्था सुदृढ गर्न सकिने बताइएको छ । डा. वासुदेव कार्की र डा। अमिता झाले एन्जाइटी , डिप्रेशन , फ्ल्यासब्याक जस्ता लक्षण देखिएको र केहीमा औषधि प्रयोग गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

विशेषज्ञले तनाव कम गर्न सकारात्मक गतिविधि, गहिरो सास फेर्ने अभ्यास, सामाजिक सञ्जालबाट केही समय टाढा रहने , मदिरा र लागूपदार्थ नखाने सुझाव दिएका छन् ।

गम्भीर अवस्था भएमा हेल्पलाइन ११६६ मा सम्पर्क गर्न वा चिकित्सकको परामर्श लिन आग्रह गरिएको छ। मानसिक स्वास्थ्यलाई अब समाज र सरकार दुवैले प्राथमिकता दिनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours