०१ असोज, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बुधबार तोलामा १ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख १७ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको भाउ पनि रेकर्ड मूल्यबाट तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २५९५ रुपैयाँमा कारोबार भएकोमा आज २५५० रुपैयाँमा झरेको छ ।


+ There are no comments
Add yours