मुम्बईमा ‘रेड अलर्ट’ जारी

३१ भदौ, मुम्बई भारतीय मौसम विज्ञान विभागले भारतको आर्थिक राजधानी मुम्बईमा भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ।

मुम्बईमा लगातार दोस्रो दिन पनि भारी वर्षा भइरहेको छ।

कोलाबा तटीय वेधशालाले आइतबार र सोमबार बिहान १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरेको छ।

भारी वर्षाका कारण रेलका लिकहरूमा पानी जमेपछि मुम्बईमा रेलको आवागमन आंशिक रूपमा प्रभावित भएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours