जलेको मुलुक  छाडेर ‘जेन जी पलायन’ हुने अवस्था झनै बढ्यो, अर्थबिद्हरुले देखेको चुनौति र समाधान

२९ भदाै, काठमाडौँ । अर्थविद्हरुले मुलुकलाई अहिलेको चूनौतिबाट पार लगाउनको लागि नयाँ सरकारले गम्भीर कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

नयाँ सरकारलाई खर्च कटौती, पारदर्शीता र सानो टिम बनाएर काम गर्न उनीहरुको सुझाव छ । आन्दोलनको उपलब्धिभन्दा ठूलो जनधनको नोक्सानी पुगेको छ । नेपालको अर्थतन्त्र ६१ खर्बमा आधा अहिले नोक्सानी भएको टिप्पणी अर्थबिद्हरुले गरेका छन् ।

उनीहरुले देशमै रोजगारी सिर्जना गर्न, पुँजी पलायन रोक्नेगरि कदम चाल्न पनि सुझाव दिएका छन् । परिवर्तनका लागि जेनजीले गरेको महत्वपूर्ण परिवर्तनले अर्थतन्त्र झन समस्यामा पर्ने देखिएको छ । अर्थबिद्हरुले औँल्याए अनुसार करिब २ वर्षको बजेट बराबर क्षति भएको छ भने आन्दोलन अघिको समयमा मुलुकलाई लग्न २० वर्ष समय लाग्नेछ । राजनीतिक घटनाक्रमले सहज स्थिति लिएमा पुनःनिर्माण समय छोटिन सक्ने जानकारहरुले बताएका छन् ।

जेनजीको सहि माग हुँदाहुँदै नियन्त्रण बाहिर जाँदा घुसपैठ भइ यति ठूलो मात्रामा भौतिक क्षति पुगेको कारण जेनजीहरुकै कारण उनीहरु नै विदेश पलायन हुनुपर्ने खतरा देखिएको छ । राष्ट्र अहिले अप्ठ्यारोमा छ । यसलाई कसरी जोगाउने ? जेन–जी पुस्ताको आन्दोलनमा मृत्युवरण गरेकाहरुको रगतले, जीवनको सहादतले जुनखालको परिवर्तन खोजेको छ त्यही अनुसार कसरी जाने अर्थबिद् उद्योगीहरुले यसरी बताएका छन् ।

युवा पलायन हुने खतरा झनै बढ्यो, यसलाई कसरी जोगाउने ?

चन्द्रमणि अधिकारी/ बरिष्ठ अर्थविद्

राष्ट्र अहिले अप्ठ्यारोमा छ । यसलाई कसरी जोगाउने ? राष्ट्रलाई डुब्न लागेको डुंगालाई झैँ उतार्नुपरको छ । जेन–जी पुस्ताको आन्दोलनमा मृत्युवरण गरेकाहरुको रगतले, जीवनको सहादतले जुनखालको परिवर्तन खोजेको छ त्यही अनुसार लाग्नुपर्दछ ।

सबैले व्यक्तिगत स्वार्थ त्यगौं । अहिलेको आन्दोलन पुस्तान्तरणको माग भएकोले अब सोहीअनुसार चल्नुपर्दछ । हाम्रो अर्थतन्त्र सुस्त थियो । अर्थतन्त्र विकृतिले भरिएको थियो । भ्रष्टाचारले ग्रसित थियो । मन्दी थियो । युवाहरु अर्थतन्त्रप्रति सन्तुष्ट थिएनन् । घुपैठको कारण आन्दोलनलाई बदनाम गर्ने काम पनि भयो ।

नोक्सानी धेरै भयो । परिपूर्ति गर्ने तरिका अब गम्भीरतापूर्वक कदम चाल्नुपर्छ । यो जेन–जी आन्दोलनले अब शासकहरुलाई पक्कै पनि भ्रष्टाचार गर्ने कुरा चार चोटी सोच्न बाध्य बनाएको छ । यो आन्दोलनको क्रममा २५ अर्ब रुपैयाँ त होटेल सेक्टरको क्षति भएको कुरा बाहिरिएको छ । अहिलेको क्षतिको बिमाले धान्न नसक्ने देखिन्छ । कोभिड महाव्याधिमा पनि बिमाले भुक्तानी गर्न सकेको थिएन । हाम्रा उद्योग जलेको छ । सम्पदा जलेको छ । सुरक्षाकर्मीको कार्यालय, मिडिया, कार्यपालिका, न्यायापलिाका, व्यवस्थापिका सबै क्षेत्रमा असर गरेको छ । हाम्रो अर्थतन्त्र ६१ खर्बको छ, त्यसको आधा जति नोक्सान भएको छ ।

दस्तावेज, प्रमाणको नोक्सान भएको छ । यसले हाम्रो बजेटको २ वर्षको क्षति भएको छ । एक हप्ता अर्थतन्त्र ठप्प छ । दैनिक नोक्सानी छ । अब स्रोतको कमी हुन्छ । रोजगारी गुमेको छ । गरिबी बढेर जान्छ । युवा पलायन हुने खतरा झनै छ । समयमा निश्पक्ष, पारदर्शी ढंगले र सबैको सहभागिता हुनेगरि चुनाव गराउनु आजको आवश्यकता हो ।

तोडफोड, आगजानी जसले गरेको हो त्यसलाई कानूनी दायरमा ल्याउनुपर्छ ।

पूर्वअध्यक्ष राजेन्द्र मल्ल/ नेपाल चेम्बर अफ कमर्स

अहिलेको आन्दोलनको कारण नेपालको अर्थतन्त्रमा ठूलो वज्रपात भएको भएपनि आफूहरु भाँचिएको छैन । हाम्रो मुलुकमा पटक–पटक हरेक १० वर्षमा उथलपुथल भयो । भूकम्प, कोभिडपछि अहिले फेरि ठूलो उथलपुथल भयो ।

हाम्रो अर्थतन्त्र विस्तारै तँग्रिँदै थियो, फेरि ठूलो वज्रपात भयो । नेपालमा आर्थिक स्थायत्वि डगमगायो, हल्लियो । निजी क्षेत्र दरिलो रूपमा अघि बढ्न तयार छ । निजी क्षेत्रलाई स्वदेशमा काम गर्ने वातावरण गर्नुपर्छ ।

निजी क्षेत्रमा आक्रामण गर्ने कामको निन्दा गर्दछु । सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन, सर्वोच्च अदालतजस्ता भवनको पूर्वाधार पनि नेपाली जनताले थोपा थोपा योगदान गरेर बनाएको हो । तोडफोड, आगजानी जसले गरेको हो त्यसलाई कानूनी दायरमा ल्याउनुपर्छ । जेन–जी आन्दोलनमा घुसपैठ भएको कुरा आएको छ, जसले गल्ती गरेको छ उसलाई सजाय हुनुपर्छ ।

देशमा नेतृत्वमा पुगेकाहरुले मपाईंत्व गरेको र बुढो भएपछि पनि समयमा रिटायरमेन्ट नलिएको भन्दै यसअघिको विकृतिको भण्डाफोर भएको हो । यसअघिका सरकारले विज्ञहरुको सल्लाह, सुझाव ग्रहण नगरेको स्मरण गर्दै नयाँले सबैको राय, सल्लाह र सुझाव लिएर काम गर्नुपर्दछ ।

अब प्रत्यक्ष निर्वाचित कार्यकारी भयो भयो भने खर्च कम हुन सक्छ । अब तडकभडकभन्दा चुस्तदुरुस्त सरकार चाहिन्छ । यो चुनावी सरकार हो । जेन–जी पुस्तालाई राहत दिनुपर्छ । मृत्युवरण गरेकालाई शहीद घोषणा गर्नुपर्छ । देशमा लगानीमैत्री वातावरण बनाउँ । विदेशबाट आएको पैसा बैंकमा राख्ने भन्दापनि अब राष्ट्रिय पूर्वाधार निर्माण, जलविद्युत परियोजनामा लगानी गर्न गरौं । युवा जनशिक्तलाई स्वदेशमा काम गर्ने वातावरण निर्माण गरौं । अब सरकार थिंक–ट्यांक अनुसार चल्नुपर्छ ।

कुशासन र अनियमितता सरकारी क्षेत्रमा हुन्छ, अब नेपालमा बसेर लगानी गर्ने आधार के ?

दिलनाथ दंगाल/ अर्थशास्त्री

नेपालको अर्थतन्त्रमा झनै चूनौति बढेको थपिएको छ । सबभन्दा ठूलो कुरा निजी क्षेत्र, अत्यन्तै धेरैलाई रोजगार दिएको क्षेत्र हो । निजी क्षेत्र दुःखी छ । अब नेपालमा बसेर लगानी गर्ने आधार के ? भ्रष्टाचार गरे सरकारले गर्ने हो । कुशासन र अनियमितता सरकारी क्षेत्रमा हुन्छ, हामीलाई किन आक्रामण किन ? अब रोजगारी कटौती हुनेछ । भाटभटेनी, गाडीका सोरुम तहसनहस भएका छन् । आन्दोलनमा होमिएकाहरुले पनि रोजगारी गुमाउनेुपर्छ । सफा गर्न धेरै दिन लाग्छ । ऐतिहासिक दस्तावेज जलेका छन् । खरानीमात्रै भएको छ । ६० अर्ब बराबरको वरिपरिमा बिमा घाटामा जान्छ ।

मुलुकको चलनचल्तीको २० प्रतिशत नोट जलेका छन् । यसले अर्थतन्त्रलाई असर पार्दछ । डलर पनि जलेको छ । बजेटको २० प्रतिशत पुँजीगत खर्च विकास खर्च शून्यमा आउँछ । निजी क्षेत्रबाट आउने राजश्व गुम्ने देखिन्छ । अब झनै विदेशी पर्यटक आउने सम्भावना कम देखिन्छ । युवा पलायन रोक्न सकिँदैन । नेपालमा बस्छु भन्नेहरु युवाहरु पनि देश छोड्नेछन् । तर, कृषि क्षेत्रमा धेरै नकारात्मक देखिएको छैन । रेमिट्यान्स आउने कुरामा, बाहृय क्षेत्र धेरै नकारात्मक हुँदैन होला ।

अर्थतन्त्र आन्दोलन हुनुअघिको दिनसम्म पुर्याउनको लागि नै २० वर्ष लाग्छ । यस्ता घट्नाबाट पाठ सिक्ने हो भने पूननिर्माणमा जान सक्छौं । सानो र छरितो सरकार बनाए । खर्च कटौती गर्नुपर्छ ।

आन्तरिक र बाहृय ऋण लिएर नयाँ कदम चाल्नु आजको आवश्यकता देखिन्छ ।

मौद्रिक नीति परिवर्तन गर्न सक्छ, गभर्नरलाई राजीनामा दिएर बाटो खोलिदिनुहोस

डा. गोपिलाल न्यौपाने/ अर्थविद्

कलम बोक्ने कलिला हातले परिवर्तन ल्याउनुभयो । परिपक्व निर्णय हो–प्रम सुशिला कार्कीलाई बनाए । यो ६ महिना सरकार हो । यसबाट धेरै अपेक्षा गर्न सकिँदैन । साना साना कुराको अपेक्ष गरौं । महसुस गराउने काम गर्नुपर्छ ।

यो सरकारले खर्च कटौती गरोस । गाडी नकिनोस । नयाँ फर्निचर नकिनोस । जनता गुन्द्रीमा बस्न नसक्ने अवस्था भएका छन् । त्यसैले विलाषिता, विदेशी भ्रमण नगरोस । व्युरोक्रेसीलाई पनि भ्रमणको स्विकृत नदिईयोस । संसारले सुशिला कार्कीलाई चिनेको छ । अन्तर्राष्टिय रुपमा लेवर ड्रिवन कन्टी हो । इन्टरनेश्नल कम्युनिटीमा साख बढाउने सोच्नुहोस । तारे होटलमा गोष्ठी गर्ने होइन सल्लाहकार सानो राख्नुहोस । जागिर खुवाउने काम नगर्नुहोस । चुनावमा खर्च कम गर्न ः चुनावलाई डिजिटलाईजेशन गर्नुहोस । ७ प्रदेश छ, ७ दिन चुनाव गराई दिनुहोस । मौद्रिक नीति परिवर्तन गर्न सक्छ, गभर्नरलाई राजीनामा दिएर बाटो खोलिदिनुहोस ।

कांग्रेस र एमालेले नियुक्त गरेको कांग्रेसको कार्यकर्ता हो । कांग्रेसी कार्यकर्ता यो देशले महत्वपूर्ण ठाउँहरुमा छन् । राजनिामा दिएपछि मौद्रिक नीति परिवर्तन हुनसक्छ । कांग्रेस, एमाले, माओबादी राप्रपालगायतको खाता फ्रिज गर्नुपर्छ । सिद्धान्तको आधारमा चुनाव होस ।

निजी क्षेत्र त्राहिमाम भएको छ । क्यापिटल फ्लाईट हुनसक्छ । पुँजी पलायन रोक्नको लागि संयन्त्र बनाउनुहोस ।

You May Also Like

More From Author

+ There are no comments

Add yours