सर्वोच्चले भन्योः अदालतका सामान फेला पारेको भए फिर्ता गरिदिनुहोस्

२७ भदाै, काठमाडौँ । सर्वोच्च अदालतले लुटपाट भएका सामग्री भेटेमा बुझाई दिन सबैसँग आग्रह गरेको छ।

शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी सर्वोच्चले भदौ २४ गते आगलागी र तोडफोडका क्रममा सर्वोच्च अदालत लगायत मातहत उच्च/ जिल्ला अदालतमा रहेका सवारी साधन (गाडी, मोटरसाइकल, साइकल), कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टीभी, कुर्सी लगायतका सामग्रीहरू तथा कर्मचारीहरूका निजी सवारी साधनसमेत अदालत परिसरबाट लुटपाटरचोरी भएको जनाएको छ।

कसैले सर्वोच्च अदालत/उच्च अदालत/जिल्ला अदालत उल्लेख भएका समान देखेमा वा कुनै कारणबाट भेटाएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा सम्बन्धित अदालतमा बुझाई दिन सर्वोच्चले आग्रह गरेको छ।

साथै उल्लिखित सामाग्रीहरूको सम्बन्धमा कुनै जानकारी भएमा सम्पर्क नम्बरहरू जोवन काफ्ले, मोनं ९८५६०११४८२, टेक प्रसाद गौडेल मोनं ९८४७६२२९५३ र विशाल खडगी, मोनं ९८४९१५७०४८ मा खबर गरिदिन आग्रह गरिएको छ।

सूचना दिनेको नाम गोप्य राखिने पनि सर्वोच्चले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours