२७ भदाै, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले जेन-जीसँग सम्बन्धित फेसबुक हटाउनुको कारणबारे स्पष्टीकरण दिएकी छन्।
खासमा आफ्नो त्यो फेसबुक स्टाटस वास्तविक जेन-जीविरुद्ध नभई आन्दोलनका नाममा आफ्नो घरमा तोडफोड र लुटपाट गर्नेहरूविरुद्ध भएको तर अहिलेको संवेदनीशल समयमा त्यसको गलत अर्थ लाग्ने देखेर हटाएको उनले बताएकी छन्।
साथै यस क्रममा उनले ८३ वर्षका आफ्ना ससुरालाई जलाउने प्रयास भएको दाबी पनि गरेकी छन्।
‘मैले मेरो फेसबुक स्टाटस हटाएँ। हटाउनुपर्ने कारण: मेरो भनाइ जेन-जेडहरूप्रति लक्षित थिएन। मेरो घरमा चार-चारपटक फर्की फर्की आएर घर, कोठा फोडेर बच्चाको खेलौनासमेत लाने ती लुटेराहरूप्रति थियो। जसले मेरो गाडी त चढेर नै गएका थिए। जबकि यो घर मेरो बिहे हुनुभन्दा धेरै वर्षअगाडि मेरो ससुरा बुबाले बनाएको घर हो’, झाँक्रीले लेखेकी छन्, शुक्रबार बेलुका उनले फेसबुकमा लेखेकी छन्, ‘८३ वर्षको बुबालाई भित्र राखेर पटकपटक जलाउने प्रयास भयो। प्राप्त भिडिओ, फोटोमा देखिन्छ। ती कतिपय मैले प्रस्ट चिनेका मान्छे पनि छन्। त्यहाँ जेन-जेड उमेर समूहका मान्छे छैनन्। समय क्रममा उजागर हुँदै जाला। समयलाई पर्खनुपर्छ। संवेदनशीले समयमा यसको गलत अर्थ नलागोस् भनेर मात्र हो।’

उनले लेखेको त्यो स्टाटस उनले डिलिट गरे पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा राखिएका छन्।


+ There are no comments
Add yours