ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो दोषी ठहर, २७ वर्षको जेल सजाय

२७ भदौ, ब्रासिलिया । २०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ । 

अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । यो फैसला उनले सिर्जना गरेको पपुलिष्ट आन्दोलनको लागि एक शक्तिशाली झट्का भएको छ । 

सर्वोच्च अदालतका पाँच न्यायाधीशको बहुमतले पारित गरेको यो सम्भावित फैसलासँगै, बोल्सोनारो देशको इतिहासमा लोकतन्त्रमाथि आक्रमण गरेको आरोपमा दोषी ठहरिने पहिलो पूर्व राष्ट्रपति बनेका छन् । अभियोजकहरूले उनले गरेको अहिलेसम्मको सबैभन्दा जघन्य कार्यलाई अवज्ञाको रूपमा वर्णन गरेका छन् । उनी अब २७ वर्ष जेलमा बस्नुपर्नेछ । यो फैसला ४–१ ले पारित भएको थियो । बोल्सोनारोलाई २७ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको छ । 

बोल्सोनारो भाग्न सक्ने आशंका पछि उनलाई घरमै नजरबन्दमा राखिएको थियो । अन्तिम सुनवाइका लागि उनी अदालतमा उपस्थित भएका थिएनन् । यो सबै आफूलाई २०२६ को राष्ट्रपति निर्वाचनमा भाग लिनबाट रोक्न गरिएको बोल्सोनारोले बताउँदै आएका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours