काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन, बाहिरबाट पनि झिकाइयो बख्तरबन्द गाडी

२६ भदाै, काठमाडौं । काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ। खासगरी नेपाली सेनाको मुख्यालय भद्रकाली, नारायणहिटी, सिंहदरबार, शीतलनिवास, निर्मल निवास लगायतका क्षेत्रमा सेनाको बाक्लो उपस्थिति छ। अत्यावश्यक सेवाका सवारी साधन समेत आवतजावत गर्न निकै कडाइ गरिएको छ।

सडकमा आवतजावत बन्द गरिएको छ। कर्फ्यु जारी छ।

सैनिक मुख्यालय भद्रकालीमा अन्तरिम सरकार र प्रधानमन्त्री नियुक्तिका विषयमा कसरत चलिरहँदा उपत्यकाबाहिरबाट पनि सुरक्षाफौज भित्र्याइँदै छ।

यसैगरी सेनाका बख्तरबन्द गाडीहरु पनि उपत्यकाबाहिरबाट काठमाडौँ ल्याइँदै छ।

नेपाली सेनाले हेटौँडाको बाटो भएर ठूलो संख्यामा बख्तर बन्द गाडीहरु काठमाडौँ झिकाएको छ। सेतो रङका बख्तरबन्द गाडीहरु हेटौँडाबाट काठमाडौँतर्फ आइरहेका छन्।

काभ्रेको पाँचखालसहित उपत्यकाबाहिरका विभिन्न ब्यारेकबाट पनि सेनाको ठूलो शक्ति काठमाडौँ केन्द्रित गरिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours