राष्ट्रसंघले भन्यो- नागरिकको प्रजातान्त्रिक अधिकार सुनिश्चित गर

२३ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकले प्रजातान्त्रिक अधिकारको अभ्यास गर्ने कुरालाई सुनिश्चित गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो आग्रह गरेकी हुन् ।

‘नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सक्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन म सबै पक्षलाई आग्रह गर्दछु,’ उनले एक्समा लेखेकी छन् ।

आजको जेनजी प्रदर्शनमा प्रदर्शनकारीहरूको मृत्यु भएको तथा घाइते भएको घटनाले आफू साह्रै दुखी भएको उनले बताएकी छन् । साथै, यसबाट प्रभावित परिवारप्रति पनि उनले समवेदना समेत प्रकट गरेकी छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours