रास्वपाले कार्यकर्तालाई भन्यो-जेनजीको प्रदर्शनमा दलीय सङ्केत र नारा प्रयोग नगर्नुहोला 

२२ भदाै, काठमाडौँ । जेनजीले भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सोमबार माइतीघरमा प्रदर्शन गर्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस प्रदर्शनलाई समर्थन जनाएको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा सरकारको कुशासन, राज्यशक्तिको दुरुपयोग र स्वतन्त्रतामाथिको हननविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाइरहेको उल्लेख छ । जेनजीको स्वस्फूर्त प्रदर्शनलाई उल्लेखनीय राजनीतिक घटनाको रूपमा लिइएको छ ।

विज्ञप्तिमा सार्वजनिक मामिलामा लोकतान्त्रिक हस्तक्षेपको पक्षमा रास्वपाले जोड दिएको छ । जेनजीले उठाएका मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याउन अपिल गर्दै सरकार र सत्तापक्षलाई प्रदर्शन नबिथोल्न र दमन नगर्न चेतावनी दिइएको छ । साथै, रास्वपाले युवाहरूलाई दलीय सङ्केत, नारा वा परिचय प्रयोग नगरी ऐक्यबद्धता जनाउन आग्रह गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours