रियलमीले ल्यायो एकपटक चार्ज गर्दा तीन महिना चल्ने मोबाइल, फोनभित्रै एसी

१५ भदाै, काठमाडौं । तपाईंको स्मार्टफोनमा एकपटक पूरा चार्ज गरेपछि ब्याट्री कति समयसम्म टिक्छ ? सायद केही घण्टा वा एक दिनभर हुनसक्छ । तर चिनियाँ ब्राण्ड रिएलमीले एउटा यस्तो स्मार्टफोन सार्वजनिक गरेको छ जसमा एकपटक ब्याट्री फुलचार्ज गरेपछि ३ महिनासम्म टिक्नेछ ।

रिएलमी कम्पनीले हालै दुईवटा नयाँ स्मार्टफोनको मोडेल पेश गरेको छ, जो अविश्वसनीय क्षमता तथा उत्कृष्ट फिचरले युक्त छन् ।

चीनमा हालै भएको ८२८ फ्यान फेस्टिबलका क्रममा कम्पनीले ती दुई फोनका अवधारणा पेस गरेको हो । त्यसमध्ये एउटा फोनमा १५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री छ । यो कुनै पनि फोनमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो वा शक्तिशाली ब्याट्री हो ।

कम्पनीले सन् २०२५ को सुरुवातमा पनि एउटा यस्तै फोनको मोडेल पेस गरेको थियो, जसमा १० हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री थियो ।

पछिल्लोपटक सार्वजनिक गरिएको १५ हजार एमएएच क्षमताको ब्याट्री भएको फोनमा एकपटक चार्ज गरेपछि लगातार ५० घण्टासम्म भिडियो चलाउन सकिन्छ ।

योसँगै रिएलमीले चिल फ्यान फोनको मोडेल पनि पेस गरेको छ । उक्त फोनमा एउटा विशेष खालको पंखा रहेको छ ।

के छन् विशेषता ?

Realme 828 Fan Festival Livestream मा कम्पनीले १५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएको स्मार्टफोन प्रदर्शन गरेको थियो । कम्पनीले सो फोनलाई बोकेर हिँड्न सकिने पावर स्टेसनको उपमा दिएको छ ।

यो फोनमा चार्ज गरिसकेपछि त्यसको ऊर्जालाई केवल फोन चलाउनका लागि मात्रै होइन अरु स्मार्टफोन तथा ग्याजेटहरु चार्ज गर्नमा समेत प्रयोग गर्न सकिनेछ ।

कम्पनीका उपाध्यक्ष चेज जूका अनुसार यो फोनलाई एकपटक पूरा चार्ज गरेपछि लगातार २५ वटासम्म फिल्म हेर्न सकिन्छ । साथै १८ घण्टासम्म भिडियो रेकर्ड गर्न तथा ३० घण्टासम्म गेम खेल्न सकिन्छ ।

फोनलाई सामान्य रुपमा कल गर्नमा प्रयोग गर्नेहो भने एकपटक गरेको चार्ज पूरै ५ दिनसम्म टिक्नेछ । फ्लाइट मोडमा राख्ने हो भने त यसको चार्ज तीन महिनासम्म टिक्ने दाबी गरिएको छ ।

यो फोनका स्पेसिफिकेसनहरुका बारेमा कम्पनीले विस्तृतमा जानकारी गराएको छैन । तथापि यो फोनमा एन्ड्रोइड १५ अपरेटिङ्ग सिस्टम रहने बताइएको छ ।

साथै यसमा MediaTek Dimensity 7300 प्रोसेसर हुनेछ भने १२ जीबी र्याम र २५६ जिबी स्टोरेज रहनेछ ।

यो फोनको ब्याट्री विश्वकै पहिलो शतप्रतिशत सिलिकन एनोड ब्याट्री हो । यतिधेरै क्षमतावान ब्याट्री निकै ठूलो होला भन्ने लाग्नसक्छ । तर यसको मोटाइ जम्मा ६.४८ मिलिमिटर छ । त्यस्तै फोनको मोबाइल चाहिँ ८.८९ मिलिमिटर छ, जुन उस्तै पावरब्यांक भन्दा ४२ प्रतिशत पातलो हो ।

यो फोनमा ६.७ इन्चको ओएलइडी डिस्प्ले रहनेछ भने ८० वाट सुपर VOOC फास्ट चार्जिङ्ग रहेको छ । यसमा पछाडिको भागमा दुईवटा क्यामेरा अर्थात् डुअल क्यामेरा सेटअप हुनेछ ।

Realme 15,000mAh Concept Phone Specs

ComponentSpecificationDetails
Display6.7-inch OLEDPremium viewing experience
ProcessorMediaTek Dimensity 7300Mid-range performance chip
RAM12GBSmooth multitasking
Storage256GBAmple storage space
OSRealme UI 6.0 (Android 15)Latest software experience
Charging80W SuperVOOCFast charging support
CameraDual rear setupStandard photography features
DesignSilver color variantPremium finish

विश्वकै पहिलो एसी स्मार्टफोन

कम्पनीले सार्वजनिक गरेको Chill Fan फोन पनि गज्जबको छ । यो फोनमा आन्तरिक रुपमै सानो आकारको पंखा र थर्मोइलेक्ट्रिक कुलिङ प्रणाली जडान गरिएको छ । वास्तवमा यो विश्वकै पहिलो स्मार्टफोन एसी सिस्टम हो भन्दा फरक पर्दैन ।

यो फोनमा तात्ने कुनै समस्या हुनेछैन भने यसको कुलिङ प्रविधिले फोनको तापमानलाई ६ डिग्री सेल्सियससम्म कम गर्नेछ ।

यो फोनमा १० हजार मिली एम्पियर आवर क्षमताको ब्याट्री तथा ट्रिपल कुलिङ सिस्टम रहेको छ ।

Realme Chill Fan Phone Specs

ComponentSpecificationDetails
Battery10,000mAhHigh-capacity power
CoolingTriple systemFan + TEC + VC chamber
Temperature ReductionUp to 6°CPerformance optimization
DesignGT7-inspiredGaming-focused aesthetics
Back PanelIceSense UltraColor-changing technology
Gaming Support20+ titlesOptimized performance

–एजेन्सीको सहयोगमा

You May Also Like

More From Author

+ There are no comments

Add yours