प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

१४ भदौं, चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसअघि राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours