माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश दिने

१३ भदौ, काडमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको शुक्रबार सम्पन्न सञ्चालक समिति बैंठकले गत आवको नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ ।

बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार ८ प्रतिशत लाभांशमा ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर रहेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवा पहुँचका लागि नयाँ–नयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ ।

नयाँ शाखामार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाका साथ चौबिसै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours