पश्चिम बंगालमा निखिलको ‘आचार्य’

१२ भाद्र, काठमाडाैँ । चलचित्र ‘आचार्य’को छायांकन भारतको पश्चिम बंगालस्थित डुअर्सबाट आरम्भ गरिएको छ । अभिनेता तथा निर्देशक निखिल उप्रेतीको यो चलचित्रको ‘इण्डिया ट्राभलको कथाको भाग अहिले पश्चिम बंगालस्थित डुअर्समा छायांकन भइरहेको हो । चलचित्र मंगलबारबाट छायांकन सुरु गरिएको हो ।

निखिलसहित अभिनेत्री पूर्णिका सिजापति र केही भारतीय कलाकारले अहिले त्यहाँ आफ्नो भागका दृश्य छायांकन गरिरहेका छन् ।

निखिलसहित डेब्यु अभिनेत्री पूर्णिका सिजापति र केही भारतीय कलाकारले अहिले त्यहाँ आफ्नो भागका दृश्य छायांकन गरिरहेका छन् । त्यहाँका विभिन्न स्थानमा २५ दिन छायांकन पछि टोली नेपाल आउनेछ । काठमाडौं र स्याङ्जासहितका नेपाली थलोमा पनि हुने छायांकन ६० दिन चल्ने निखिलले जानकारी दिनुभयो ।

यस चलचित्रका निर्देशकसमेत रहनुभएका निखिल स्वयम यसमा शीर्ष भूमिकामा हुनुहुन्छ । चलचित्रमा पूर्णिकासहित प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारीलगायत कलाकार अभिनय छ । चलचित्राई विश्वव्यापी रिलिज गर्ने योजना छ । चलचित्रको पटकथा निखिल आफैँले लेख्नुभएको हो । ‘आचार्य’ उहाँको दोस्रो निर्देशकीय चलचित्र हुनेछ । यसअघि उहाँ निर्देशित ‘भैरव’ सन् २०१५ मा प्रदर्शनमा आएको थियो ।

यो चलचित्रबाट अभिनेत्री सञ्चिता लुइँटेलले नृत्य निर्देशकको रूपमा डेब्यु गर्दै हुनुहुन्छ । एक गीतमा सञ्चिताले कोरियोग्राफी गर्ने तय छ ।

सन् २००१ मा प्रदर्शनमा आएको चलचित्र ‘पिँजडा’बाट डेब्यु गर्नुभएका निखिलको पहिचान एक्सन स्टारको रूपमा छ । उहाँका झण्डै सय चलचित्र दर्शकमाझ आएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours