ऋषिपञ्चमी पूजा र व्रतको के छ त धार्मिक महत्व !

११ भदाै, काठमाडौं । मिति २०८२ साल भाद्र १२ गते बिहिबार भाद्रशुक्लपक्ष ऋषिपञ्चमी तिथि अपराह्न: ३ / ५४ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथि आरम्भ हुने भएकोले नारिहरुको महान चाड तीज ऋषिपञ्चमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

ऋषिपंचमीको दिन के गर्नु पर्दछ ?कसको पूजा गर्नु पर्दछ !यो ब्रत गर्नाले के हुन्छ ?व्रत बिधि। व्रत कथा के छ ?

” साश्त्रले बताए अनुसार – पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यसको ब्रत बसिन्छ ।श्रीमद्भागवत, गरुड पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रक्तमा प्रवेश गराएकोले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन्। यसै रजस्वलाबाट नै नारीहरूमा सन्तानोत्पादन गर्नसक्ने शक्ति उत्पन्न भएको मानिन्छ। सम्पूर्ण मानवीय चक्रको सुरूआत नै नारीको मासिक रजस्वलाबाट सुरू हुन्छ।

पौराणिक प्रसङ्गअनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड ब्यहोर्नु पर्‍यो। त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडियो:-{१} अग्नि (धुँवामिश्रित प्रथम ज्वालामा), (२) नदी (वर्षाकालको गाँज र मैलोयुक्त पानी), (३) पर्वत (जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र (४) स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा)। अत: मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाहरूद्वारा लिनुपर्ने सनातन हिन्दू धर्मका शास्त्रमा उल्लेख गरिएको छ।मध्याह्न बेलामा स्वच्छ जल बग्ने नदी वा तलाऊ आदिमा गई दतिउनको डांठले दतिवन गर्नु।त्यसपछि आयु ,बल ,यस ,कीर्ति बढाऊन मुखको दुर्गन्धि हटाउन म दाँत सफा गर्दछु र माटो शरिरमा दली स्नान गर्दछु भन्नु अनि नुहाउनु।त्यसपछि अमला र तिलको पिनाले कपाल सफा गरी नयाँ बश्त्र लगाउनु।
अरुन्धती सहित सप्तऋषिहरुको पूजा गर्नु पर्दछ।

“कश्यपो अत्रिर्भरद्वाजो विश्वामित्रोथ s गौतम:/
ज्यमदग्निर्वशिष्ठश्च साध्वी चैवाप्यरुन्धती।।

कश्यप ,अत्रि ,भरद्वाज ,बिश्वामित्र ,गौतम ,ज्यमदग्नि,बशिष्ठ सप्तऋषिहरु र अरुन्धती को पूजा गर्नु पर्दछ।
यो ब्रत गर्नाले “ऋतु सम्पर्कजो दोष :क्षयं याति न संशय “
ऋषिपंचमीको ब्रत गर्नाले रजस्वला भएको बेलामा छोएको दोष नाश हुन्छ ,यसमा शंका छैन।

शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएकोहुन सक्छ। उक्त पापबाट मूक्तहुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन चोखो माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन। तर मूलतः ३६५ वटा दतिवनका डाँठ टाेकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनकाे एउटा ३६५ दिनसम्म टाेकेर तीजमा पञ्चमीको दिन खाेलामा बगायाे भने पनि रजस्वला हुँदाकाे समयमा भएकाे पापबाट माेक्ष भइने पनि विश्वाश छ । वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ। नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो। नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ।

भाद्रपद महिनाको शुक्लपक्षको पञ्चमीका दिन ऋषिपञ्चमीको व्रत सम्पादन गरिन्छ। प्रथमत: सबै वर्ण र व्यक्तिका निमित्त यो व्रत प्रतिपादित थियो, तर हिजोआज अधिकांश नारीहरूले मात्र यस व्रतलाई लिने प्रचलन छ। यस व्रतको प्रसङ्गलाई हेमाद्रिले ब्रह्माण्ड पुराणलाई उद्धृत गर्दै विशद विवरण उपस्थापन गरेको छ। व्यक्तिले नदी आदिमा स्नानादि सम्पन्न गरी आह्लिक कृत्यसमेत गरेपछि अग्निशालामा प्रवेश गरी सातैजना ऋषिहरूको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, कपूर आदि लगाउनु पर्छ, पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवीत, नैवेद्यादि द्वारा पूजा गर्नुपर्दछ र मन्त्रसहित अर्घ्य दिनुपर्दछ।

कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोथ गौतम:।
जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषय: स्मृता:।
गृह्णन्त्वर्घ्यं मया दत्तं तुष्टा भवन्तु मे सदा॥

— हेमाद्रि (व्रत, भाग १, पृ0 ५७१); स्मृतिकौस्तुभ (पृ0 २१७); व्रतराज (पृ0 २००)

अर्थ: प्तर्षिहरूको नाम र स्थानको क्रम पूर्वादिक्रमले निर्धारित छ, जस्तै – मरीचि, वसिष्ठ, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह,क्रतु। साध्वी अरून्धतीलाई वसिष्ठका नजीकै स्थापना गरिएको पाइन्छ।

यस व्रतमा केवल शाकादि(सागपात)को प्रयोग गर्ने विधान छ र ब्रह्मचर्यको पालन गर्न अनिवार्य मानिएको छ। यस व्रतलाई विधिवत् पालना गर्दा समस्त पाप एवं तीनै किसिमका दु:खबाट मुक्ति हुन्छ, तीन किसिमका दु:ख यी हुन्- आध्यात्मिक, आधिदैविक एवं आधिभौतिक।

आध्यात्मिकादि मैत्रेय ज्ञात्वा तापत्रयं बुध:। उत्पन्नज्ञानवैराग्य: प्राप्नोत्यात्यन्तिकं लयम् ।। — विष्णुपुराण ६/५/१

अर्थात् – आध्यात्मिक दु:ख भनेका शारीरिक (रोगादि) एवं मानसिक (चिन्ता, ईर्ष्यादि)हुन्, आधिभौतिक दु:ख भन्नाले पशु, मनुष्य, पिशाचादिद्वारा उत्पन्न हुने दुःखलाई मानिन्छ, आधिदैविक दु:खको उत्पत्ति तुषारापात, हावाबतास, वर्षादिबाट उत्पन्न हुन्छ तथा सौभाग्यको अभिवृद्धि हुन्छ। अझ नारीले यस व्रतलाई सम्पादन गर्दा उसले आनन्द, शारीरिक-सौन्दर्य, सन्ततिलाभ, सौभाग्यप्राप्ति तथा दाम्पत्य जीवनमा सुमधुरता-प्राप्ति हुन्छ।

यस व्रतलाई विधिविधान पूर्वक लिन चाहने रजोवती भइ सकेका स्त्रीहरूले गर्ने संकल्प यस्तो छ-
अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्थायां कृतसंपर्कजनि

You May Also Like

More From Author

1 Comment

Add yours

+ Leave a Comment