५ जना बालबालिका गम्भीर घाइते
०६ भदाै, काठमाडौँ । रोल्पामा अरिंगालले टोक्दा एकजना स्कुले बालकको मृत्यु भएको छ। अरिंगालको टोकाइबाट अन्य पाँचजना बालबालिका गम्भीर घाइते भएका छन्।
त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित वीरेन्द्र माविमा अध्ययनरत सात वर्षीय मोहन परियारको अरिंगालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार विद्यालयबाट तिला जंगलको बाटो हुँदै घर फर्कँदै गरेका सातजना बालबालिकाको समूहलाई अरिंगालले टोकेको थियो।
अरिंगालको टोकाइबाट गम्भीर बिरामी परेका मोहन परियारको रोल्पा अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।
घाइते पाँच जना बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।
कक्षा १० की सुनिता परियार, कक्षा ५ का शंकर परियार, कक्षा ४ का मनिषा परियार, शिशु कक्षामा पढ्ने कमल परियार र आशिष परियार घाइते भएका छन्।


+ There are no comments
Add yours