०६ भदाै, काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । यसको प्रभावका कारण आज दिउँसो देशभर सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराई तथा पहाडी क्षेत्रका केही स्थानहरूमा भारी वर्षा पर्ने संभावना समेत रहेको विभागले जानकारी दिएको छ ।
राति पनि देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यस अवधिमा देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने देखिएको छ ।
यस्तै, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विभागले वर्षासँगै पहिरो, भू–क्षय र नदी तथा खोला नजिकका बस्तीमा बाढीको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।


+ There are no comments
Add yours