०१ भदाै, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आइतबार चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३३५.०५ अमेरिकी डलर र चाँदी ३८.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


+ There are no comments
Add yours