३१ साउन, काठमाडौं । मिति २०८२ साल भाद्र १ गते आइतबारसिंह, भाद्र संक्रान्ति सिद्धार्थिनाम संवत्सर:,दक्षिणायन ,वर्षाऋतु, भाद्रकृष्णपक्ष नवमी तिथी राती ८ / १४ बजेसम्म त्यस उप्रान्त दशमी तिथी आरम्भ ,कृतिका नक्षत्र प्रात: ६ / ३५ बजेसम्म त्यस उप्रान्त मृगशिरा नक्षत्र ,ध्रुव योग प्रात: ४ / १० बजेसम्म त्यस उप्रान्त हस्त योग आरम्भ,तैतिल करण,श्रीसूर्यनारायण भाद्र १ गते आइतबार अपरान्ह: ५ / १५ बजेबाट कर्कट राशि समापन गरेर सिंह राशिमा प्रवेश गर्नुहुनेछ।त्यसैले यो दिनलाई विष्णुपदी नाम गरेको संक्रान्ति भनिन्छ।यो महिनाको देवताको नाम हृषिकेश : ,देवीको नाम अपराजिता ,सूर्यको नाम यम : हो।यो दिन सिंह राशिमा सूर्य: बृष राशिमा चन्द्र: र मिथुन राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ।यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको} गरेको फल प्राप्त हुनेछ ।

आइतबार संक्रान्ति परेको हुनाले कतै अति बर्षा र कतै अतिवृष्टी हुने,डरत्रासको घटनाहरू बढ्ने,खाद्यान्न वस्तुको मूल्य बढ्ने,कतै वर्षा र बाढीले बालीनाली नोक्सान हुने,शासकबर्गमा झगडा उत्पन्न हुने,चोरी-डकैती,झगडा घटनाहरू बढ्ने छ।माहामारी रोगले जनताहरूलाई कष्ट हुने,शनिबारको औंसीले दु:ख आउने छ।
पं- बालमुकुन्द देवकोटा।


+ There are no comments
Add yours