२२ साउन, काठमाडौं । जगदम्बा मोटर्सले १४ र १९ सिट क्षमतामा दुई नयाँ इलेक्ट्रीक भ्यान सार्वजनिक गरेको छ ।
कम्पनीले बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पोमा फारिजोन ब्राण्ड १९ सिटे र चेरीवान्डा ब्राण्डको १४ सिटे इलेक्ट्रीक माइक्रोभ्यान नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीले फरिजोन-१९ सिटर भ्यानको मूल्य ७६ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेका हो ।
१७० किलोवाटको मोटर रहेको यस भ्यानमा सीएटीएलको ५३.५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । जसले एकपटको फुलचार्जमा ३०० किमी रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।
फारिजोन इलेक्ट्रीक माइक्रोबसको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ । सुरक्षाका लागि एयरब्याग, एबीएस, ईबीडी, हिल होल्ड, ३६० डिग्री क्यामेरा, एडास, एभास जस्ता फिचर छन् ।
कम्पनीले यसको ब्याट्रीमा ४ वर्ष वा ७ लाख किमी र मोटरमा ५ वर्ष वा २ लाख किमीको वारेन्टी दिएको छ ।
त्यस्तै, कम्पनीले चेरी वान्डाको १४ सिटे भ्यान पनि सार्वजनिक गरेको छ । कम्पनीले चेरीवान्डाको मूल्य ५६.५ लाख रुपैयाँ तोकेको छ ।
चेरीवान्डा ४ सिटे भ्यानमा ५३.५८ किलोवाट आवरको ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा ३०० किमी रेन्ज दिने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ ।
कम्पनीले चेरीवान्डा १४ सिटे भ्यानको ब्याट्रीमा ५ वर्ष वा ३ लाख किमी र मोटरमा ५ वर्ष वा २ लाख किमीको वारेन्टी रहेको बताएको छ ।


+ There are no comments
Add yours