दिउँसो यी तीन प्रदेशका पहाडमा ‘भारी वर्षा’ हुने सम्भावना

२२ साउन, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २२, बिहीबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने सम्भावना छ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,

आज दिउँसो : कोसी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। कोसी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति : देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोसी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाड भेगका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours