दुर्गा प्रसाईं धरौटीमा रिहा, तीनकुने घटनाका अन्य ३ जना पनि छोडिने

१९ साउन, काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय सुदर्शनध्वज भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको इजलासले उक्त आदेश जारी गरेको हो।

अदालतले बैंकिङ कसुरमा २५ लाख रुपैयाँ र राज्यविरुद्धको अभियोगमा ३ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। तीनकुनेमा भएको घटनासम्बन्धी मुद्दाका लागि मात्रै ३ लाख ५० हजार रुपैयाँ धरौटी मागिएको छ।

उक्त घटनामा पक्राउ परेका ७ जनामध्ये ४ जनाले उच्च अदालतमा पुनरावेदन गरेका थिए। तीमध्ये प्रसाईंसहित सबै ४ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ। बाँकी ३ जनाको तर्फबाट पुनरावेदन नहुँदा उनीहरू हालसम्म हिरासतमा नै छन्।

तीनकुने घटनापछि पक्राउ परेका प्रसाईंमाथि राज्यविरुद्धको अपराध, बैंकिङ कसुर तथा सार्वजनिक व्यवस्था अवरोधजस्ता अभियोगमा मुद्दा दायर गरिएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours