यस्तो बन्यो द्रुतमार्ग [फोटो फिचर]

१७ साउन, काठमाडौँ राष्ट्रिय गौरवको आयोजना तथा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणले गति लिएको छ।

नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माणाधीन यो आयोजना २०८३ साल चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसअघि नीतिगत जटिलता, भौगोलिक चुनौती र जग्गा अधिग्रहणजस्ता कारणले निर्माण कार्यले अपेक्षित गति लिन सकेको थिएन। तर, अब भने कामले गति लिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।

काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष २०८१/८२ को अद्यावधिक विवरणअनुसार, २०८२ असार मसान्तसम्ममा आयोजनाको समग्र भौतिक प्रगति ४२.१३ प्रतिशत र समग्र वित्तीय प्रगति ४४ प्रतिशत (मोविलाइजेसनसहित) पुगेको छ।

आयोजनाको कार्ययोजना अन्तर्गतका १३ वटा निर्माण प्याकेजमध्ये हाल प्याकेज नम्बर १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन अवस्थामा छन्। प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना-डुकुछाप खण्डमा भने जग्गा अधिग्रहण र सवारी आवागमन व्यवस्थापनसम्बन्धी समन्वयको काम भइरहेको छ।

हालसम्म आयोजनाको कुल खर्च रु ८० अर्ब ५४ करोड पुगेको छ। जग्गा खरिद, निर्माण व्यवसायी र विद्युत प्राधिकरणलाई दिइएको पेश्की रकम तथा राजश्व दाखिला रकम रु २ अर्ब ५७ करोड घटाउँदा आयोजनाको खुद खर्च रु ७७ अर्ब ९७ करोड रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours