१६ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि आँगन कार्यक्रम प्रारम्भ गर्ने भएको छ । प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबिच खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ रास्वपाले याे कार्यक्रम गर्न लागेकाे हाे ।
कार्यक्रममा पार्टी सदस्य, शुभेच्छुक, आम नागरिक सहभागी भई राष्ट्र निर्माणसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल, संवाद हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । उनका अनुसार अपराह्न ४ देखि ६ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा कार्यक्रमको प्रारम्भ हुनेछ ।
खुला आँगन कार्यक्रममा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले पार्टीका सदस्य शुभचिन्तकहरूसँग भेटघाट गर्ने गरी तालिका तय गरिएको छ।


+ There are no comments
Add yours