गोस्वामीतुलसीदास जयन्तीको महत्व!

१५ साउन, काठमाडौं । आज २०८२ साल साउन १५ गते बिहिबार श्रावणशुक्लपक्ष सप्तमी तिथी १६ गते प्रात: ४ / ०३ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथी भएको हुनाले आज गोस्वामी तुलसीदास जयन्ती भएकोले तुलसीदासको जन्म श्रावणशुक्लपक्ष सप्तमी चित्रकुटको राजापुर गाउॅंमा संवत १५५४ मा भएको थियो।

उहाको माता-पिता हुलसी र आत्माराम दुबे हो।उहा भारद्वाज गोत्र (वंश) को हुनु हुन्थ्यो।तुलसीदासको जन्म हुँदा उनको मुखबाट ‘राम’ शब्द निस्किएको थियो ।यही कारणले उनलाई रामबोला नाम दिइएको हो ।रामका भक्त हनुमानलाई तुलसीदासको आध्यात्मिक गुरु भनिन्छ । गोस्वामी तुलसीदासले आफ्नो जीवनकालमा १२ ग्रन्थ लेख्नु भएको छ ।वहाँलाई संस्कृतको कवि हुनाले नै हिन्दी भाषाका सर्वश्रेष्ठ कवि मध्ये एक मानिन्छ।

गोस्वामीलाई मूल संस्कृतको आदि काव्य रामायणको रचयिता वाल्मीकिको अवतार हो भन्ने गरेको पनि लौकिक चर्चा सुन्न पाइन्छ ।तुलसीदास द्वारा विरचित रामचरितमानस संस्कृतआदि काव्य वाल्मीकीय रामायणको अवधी भाषांतर हो उक्त रामचरितमानसलाई सम्पूर्ण भक्ति भावले पढ्ने गरिन्छ ।गोस्वामीको अर्को काव्य विनय पत्रिकाले पनि निकै महत्व पूर्ण स्थान प्राप्त गरेको छ ।
पं -बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours