१४ साउन, काठमाडौं। चिनियाँ कम्पनी लिपमोटरको नयाँ गाडी बी१० एसयूभीको फस्ट लुक नेपालमा सार्वजनिक भएको छ । लिपमोटरको नेपालका लागि आधिकारी बिक्रता साँग्रिला मोटर्सले उत्तरढोकामा रहेको मल्टि–ब्रान्ड शोरुममा बुधबार सार्वजनिक गरेको हो ।
यो गाडी झट्ट हेर्दा यसको अघिल्लो मोडल सी१० जस्तै देखिन्छ । सी१० मोडलभन्दा केही एमएम मात्रै लामो रहेको छ ।
साँग्रिला मोटर्स प्रालिका निर्देशक हेमन्त गोल्छाले पहिलो झलक देखाउने कार्यक्रममा डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक हिसाबले लिपमोटर बी१० साच्चै पर्फेक्ट रहेको बताएका छन् ।
आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा यो गाडी राखिने कम्पनीले जनाएको छ । लिपमोटर बी१० र बिक्री मूल्य कम्पनीले एक्सपोमा औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ । यसको मूल्य ६० लाख भन्दा तल हुने कम्पनीले जनाएको छ ।
यो गाडीमा १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको इलसीडी इन्स्ट्मेन्ट क्लस्टर र टु–स्पोक डी–आकारको स्टेयरिङ हील छ ।
सेन्टर कन्सोलमा २ वटा वायरलेस चार्जिङ प्याड छन् । बी१० मा १.८३ वर्गमिटर सनरुफ र १२ वटा स्पिकरहरु छन् ।


+ There are no comments
Add yours