१३ साउन, काठमाडौं । मिति २०८२ श्रावण १४ गते बुधबार श्रावणशुक्ल षष्ठी तिथी राती २ / १७ वजेसम्म त्यस उप्रान्त सप्तमी तिथी आरम्भ भएको हुनाले यो दिन कल्की जयन्ती हो।कल्की विष्णु भगवानको दशौ अवतार हो।यो भविष्यमा हुने अवतार मानिन्छ ।कल्कि अवतार कलियुगको अंतिम अवस्थामा हुन्छ ।
जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरि दिन्छन।तव सर्वत्र लुटमार हिंसा अत्याचार बढ्छ त्यसपछि यो अवतार हुने विश्वास छ।त्यस समयमा अधर्मी पापीहरुको नाश संगै कलियुग समाप्त हुन्छ र सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता पुराणकथाहरू अनुसार कलियुगमा पापको सीमा नाँघि सके पछि विश्वमा दुष्टहरूको संहार गर्नको लागि कल्कि अवतार प्रकट हुन्छ।
“सम्भल ग्राम मुख्यस्य ब्राह्मणस्यमहात्मनः भवनेविष्णुयशसः कल्कि प्रादुर्भाविष्यति।।”
अर्थात – सम्भल ग्राममा विष्णुयश नामको श्रेष्ठ ब्राह्मणको पुत्रको रूपमा भगवान कल्किको जन्म हुने छ।उहाँले देवदत्त नामको घोडा चढेर सवारी भएर अाफ्नो तलवारले दुष्टहरूको संहार गर्नु हुने छ।त्यसपछी सत्ययुगको प्रारम्भ हुने छ।कल्कि अवतार कलियुगको अन्तको लागि हुन्छ।यो विष्णु भगवानको अवतारहरू मध्ये एक हो।जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरि दिन्छ तब यो अवतार आरम्भ हुन्छ।कल्कि भगवानको कथा कल्कि तथा अग्नि पुराणमा उल्लेखित छ।
पं-बालमुकुन्द देबकोटा


+ There are no comments
Add yours