नेपाल टेलिकमको सेवामा समस्या, डेटा डाउन

२ साउन, काठमाडौँ । नेपाल टेलिकमको सेवामा समस्या देखिएको छ । ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन (जिएसएम) कोर नेटवर्कमा समस्या आउँदा सेवा प्रभावित भएको जनाइएको छ ।

जिएसएम कोर नेटवर्कमा समस्या आउँदा फोरजी डेटा डाउन भएको हो ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा फोन सम्पर्कमा समेत कठिनाइ भएको थियो । अहिले फोनको समस्या समाधान भइसके पनि डेटामा अवरोध कायमै छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours