१२ साउन, काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि प्रमुख संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ बढ्दै गएको छ । अख्तियारमा चालु आर्थिक वर्षको ११ दिनमा मात्र १५ सय भन्दा बढी उजुरी दर्ता भएका छन् ।
आयोगका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेदेखि ११ गतेसम्मको अवधिमा १ हजार ५२५ उजुरी आयोगमा दर्ता भएका हुन् ।
आयोगका अनुसार दर्ता भएका उजुरीमा सरकारी सेवामा कार्यरत कर्मचारीहरुको भ्रष्टाचार, सार्वजनिक सेवामा ढिलासुस्ती तथा अनियमितता, गलत तरिकाले लाभ लिएका लगायत विभिन्न प्रकृतिका मुद्दा दताृ भएको छन् ।
आयोगले प्राप्त उजुरीहरुमध्ये प्राप्त उजुरीमध्ये केहीको प्रारम्भिक अध्ययन भइरहेको र केही मुद्दा अनुसन्धानको प्रक्रियामा लगिएको जनाएको छ । आयोगले प्राथमिकताको आधारमा मुद्दाहरु हेर्ने गरेको छ ।
यसैबिच पछिल्लो समय आयोगले अनलाइन, ईमेल, टोल–फ्रि नम्बर, प्रत्यक्ष रुपमा आयोगमा पुगेर वा अन्य माध्यमबाट उजुरी दर्ता गर्ने व्यवस्था गरेको छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा मुद्दा दर्ता गर्न पाइने भएपछि मुद्दाको संख्या बढ्दै गएको हो ।
चालु आर्थिक वर्षको हालसम्म आयोगमा सबैभन्दा बढी ४५२ वटा उजुरी विभिन्न माध्यमबाट आयोगको वेबसाइटमा दर्ता भएका छन् । दोस्रो स्थानमा ३९७ वटा उजुरी लिखित आवेदन आर्फत दर्ता भएका छन् । यो साउनमा हालसम्म ३३१ उजुरी ईमेल मार्फत दर्ता भएका छन् । हुलाक मार्फत दर्ता हुने उजुरीको संख्या २२८ रहेको छ । समाचार पत्र मार्फत १० वटा उजुरी दर्ता भएका छन् । टेलिफेन मार्फत ५६ उजुरी दर्ता हुँदा ८ उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
यो ११ दिनको अवधिमा सबै भन्दा बढी उजुरी आयोगको केन्द्रिय कार्यालयमा दर्ता भएको छन् । आयोगको मुख्यालय टंगालमा ९८२ उजुरी दर्ता भएका छन् । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयागको कार्यालय बर्दिवासमा १३३ उजुरी दर्ता भएको आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा ९३ उपुरी दर्ता हुँदा आयोगको कार्यालय हेटौंडामा ८७ उजुरी दर्ता भएका छन् ।
अख्तियारको कार्यालय ईटहरीमा ८२ उजुरी, आयोगको कार्यालय कञ्चन्पुरमा ६० उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
आयोगको कार्यालय सुुर्खेतमा ४३ उजुरी पर्दा आयोगको कार्यालय पोखरामा २५ र आयोगको कार्यालय नेपालगंजमा २० वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।


+ There are no comments
Add yours