चौथो ‘म्यूजिक खबर तीज म्यूजिक अवार्ड’का लागि आवेदन खुला

१० साउन, काठमाडौँ। आटिष्ट अफ नेपालको प्रस्तुतिमा चार वर्षदेखि हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को चौथो संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरिएको छ ।

शुभकामना मिडिया सोलुसनको आयोजनामा हुँदै आएको तीज अवार्डमा विभिन्न २५ विधाका स्रष्टा र सिर्जना यस अवार्डमा सहभागी हुन पाउनेछन् । पहिलो वर्ष शिवशक्ति तीज म्यूजिक अवार्डको नामले स्थापित भएको यो अवार्ड दोस्रो वर्षबाट भने अनलाइन मिडिया म्यूजिक खबरले ब्रान्डिङ गरेको हो ।

म्युजिक खबर तीज अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलले चौथो म्यूजिक खबर तीज अवार्डमा विभिन्न २२ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताइन् । साथै, कार्यक्रममा सांगीतिक क्षेत्रमा मौलिकतामा जोड दिएर योगदान पु¥याउने तीन नारीलाई ‘त्रिदेवी संगीत सम्मान’द्वारा सम्मानित गरिने उनले बताइन् ।

आयोजकका अनुसार अवार्ड आगामी भदौ ५ गते गोंगबुस्थित बीजी बैंकटको हलमा अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रमसँगै तिज फेस्टिबल मनाउँदै चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमसमेत रहेको अध्यक्ष पोखरेलले जानकारी दिइन् ।

उनले भनिन् ‘तीजका अवसरमा थुप्रै गीतहरु सार्वजनिक हुने गरेका छन् । सांस्कृतिक पर्व तीजको एउटा विशेषता गीत संगीत पनि हो । तीजकै अवसरमा तीजको मर्म बोकेर सार्वजनिक भएका गीतका स्रष्टा वा सिर्जनालाई तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्डको थालनी गरेका हौं ।’

तीज अवार्डका लागि साउन ३१ गतेसम्म आफ्ना सिर्जना सहभागी गराउन पाउने जनाइएको छ । सहभागी हुनका लागि म्यूजिक खबरको कार्यालय, सामाखुसीमा फाराम उपलब्ध छ । डिजिटल माध्यमबाट सहभागी हुनका लागि एभेन्टोज डटकम मार्फत् आफ्नो सिर्जनालाई सहभागी गराउन पाइनेछ । अनलाइनमार्फत गीत समावेश गर्नका लागि यहाँ क्लिक गर्नुस् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours