आन्तरिक राजस्व कार्यालय धनगडीद्धारा लक्ष्यको ८१ प्रतिशत मात्र राजस्व संकलन

०९ साउन, काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगडीले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ८१ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३ अर्ब ५३ करोड ५८ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २ अर्ब ८७ करोड ७७ लाख ८८ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । जुन कुल लक्ष्यको ८१.३९ प्रतिशत हो ।

गत आर्थिक वर्षमा कार्यालयले आय कर राजस्व २ अर्ब २६ लाख २६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्यउ राखेकोमा १ अर्ब ५५ करोड ७० लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै मूल्य अभिवृद्धि कर १ अर्ब २९ करोड २७ लाख १ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १ अर्ब ११ करोड ४ लाख ४४ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षमा अन्तःशुल्क कर राजस्व १८ करोड ७६ लाख ९६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १६ करोड ४३ लाख ९६ हजार रुपैयाँ मात्र संकलन भएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले ३ अर्ब ८ करोड ४१ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २ अर्ब ६७ करोड ८४ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । जुन कुल लक्ष्यको ८६.८५ प्रतिशत रहेको कार्यालयले जनाएको छ । उक्त आर्थिक वर्षमा आय कर राजस्व १ अर्ब ६४ करोड ३ लाख ९९ हजार रुपैयाँ उठ्ने आँकलन गरिएकोमा १ अर्ब ४७ करोड ५५ लाख ५७ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । उक्त वर्षमा मूल्य अभिवृद्धि कर १ अर्ब १२ करोड ६८ लाख ८७ हजार रुपैयाँ संकललन गर्ने लक्ष्य राखेकोमा ९९ करोड ९ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै सो आर्थिक वर्षमा अन्तःशुल्क कर २० करोड ५५ लाख २१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १४ करोड ५४ लाख ३१ हजार रुपैयाँ मात्र संकलन भएको थियो ।

आर्थिक वर्ष २०७९÷८० मा आन्तरिक राजस्व कार्यालय धनगडीले ३ अर्ब ३६ करोड ३० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । उक्त आर्थिक वर्षमा लक्ष्यको ७६.७८ प्रतिशत अर्थात २ अर्ब ५७ करोड ९८ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । उक्त आर्थिक वर्षमा आय कर राजस्व १ अर्ब ६६ करोड १ लाख ४३ हजार रुपैयाँ उठ्ने लक्ष्य राखेकोमा १ अर्ब ४० करोड ६३ लाख ५४ हजार रुपैयाँ मात्र संकलन भएको थियो । यस्तै उक्त आवमा मूल्य अभिवृद्धि कर १ अर्ब १७ करोड ७१ लाख २६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा ९५ करोड ७२ लाख ९५ हजार रुपैयाँ मात्र संकलन भएको थियो । सो आर्थिक वर्षमा अन्तःशुल्क कर १४ करोड ६८ लाख ९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा १४ करोड ६८ लाख ९ हजार रुपैयाँ नै संकलन भएको कार्यालयले जनाएको छ ।

यसरी हेर्दा कार्यालयले कम लक्ष्य राखेको आर्थिक वर्षमा बढी परिमाणमा राजस्व संकलन भएको छ भने बढी लक्ष्य राखेको आर्थिक वर्षमा कम राजस्व संकलन भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours