गत आर्थिक वर्षमा १७ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

०७ साउन, काठमाडौँ । अघिल्लो आर्थिक २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा कारोबारबाट प्राप्त राजस्व १७ प्रतिशतले बढेको छ । देशभरिमा स्थिर भएको आर्थिक गतिविधिमा पुनःगति आएसँगै घरजग्गा किकनबेचमा सुधार देखिएको हो ।

भूूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा घरजग्गाको किनबेचबाट ४२ अर्ब ९२ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षमा आएर घर जग्गा कारोबारबाट ४९ अर्ब ४ करोड ६० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

विभागको तथ्यांक अनुसार गत आवको श्रावणमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । उक्त आर्थिक वर्षको भदो महिनामा ३ अर्ब ९ करोड २ लाख रुपैयाँ। असोजमा ३ अर्ब ८ करोड १२ लाख, कार्तिकमा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ, मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । पुसमा घरजग्गा कारोबारको राजस्वमा वृद्धि हुँदा ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ, माघमा ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ फगुनमा ४ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ र चैतमा ४ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै गत आर्थिक वर्षको वैशाखमा घरजग्गा कारोबारबाट ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ, जेठमा ४ अर्ब ७२ करोड ७१ लाख रुपैयाँ र असार महिनामा राजस्व संकलनमा उल्लेख्य वृद्धि हुँदा ६ अर्ब ५५ करोड १७ लाख रुपैयाँ संकलन भएको थियो ।

अघिल्लो आर्थिक वर्षको साउन महिनामा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । उक्त आर्थिक वर्षको भदोमा घरजग्गा कारोबारबाट ३ अर्ब ४ कराड ५९ लाख रुपैयाँ राजस्व संकलन हुँदा असोजमा ४ अर्ब ८ करोड ६६ लाख रुपैयाँ, कार्तिकमा २ अर्ब १६ करोड ३८ लाख रुपैयाँ, मंसिरमा २ अर्ब ८६ करोड ५० लाख रुपैयाँ, पुसमा ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । माघमा घरजग्गा कारोबारबाट संकलन हुने राजस्व ३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ, फागुनमा ३ अर्ब ५९ करोड २६ लाख रुपैयाँ, चैतमा ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

वैशाखमा घरजग्गा कारोबारबाट ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ, जेठमा ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ र असारमा आएर ४ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours