विद्याजीले पार्टी कार्यालय देखेको छैन भनेपछि च्यासलमा भेटेँ, कुन ठूलो कुरा भयो ?

०६ साउन, काठमाडौं । केन्द्रीय कमिटीका प्रिय कमरेडहरू, नवौँ बैठकमा हार्दिक स्वागत गर्दछु । हामीसँग समय कम छ , ठूलो कमिटीको बैठक छोटो समयमा टुग्यांउनु पर्नेछ । आगामी भदौमा हुने विधान ममहाधिवेशनको सन्दर्भमा छलफल गर्नु पर्नेछ । सबै समय छलफल र बहसमा हुनेछ । मैले राजनीतिको चर्चा गर्नेछु , आठाैँ बैठकपछिको काम म प्रस्तुत गर्नेछु, यो लिखित गरिएको छैन । म मौखिक गर्नेछु । हाम्रो आन्दोलनले सधैँ हमला बेहोरेको छ । विरोधीहरूले हाम्रो समर्थन गर्दैनन्, काममा समर्थन गर्दैनन्, झुट र बेइमान छन् । स्तरहीन छन् । अफवाह फैलाउँछन्, हाम्रो पार्टीले इतिहासदेखि हमला झेलेको हो ।

८ साल देखि १३ सालसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लागेको थियो । मतभेदहरू हुन्थ्यो, पछिल्लो समय जस्तो घुसपैठ भने थिएन ।petty bourgeois पहिला पनि नभएको होइन । गालीगलाैजको प्रवृत्ति, मोहनविक्रमले यस्ता कुरालाई सैद्धान्तिकरण गरे, पछिल्लो समय प्रचण्ड प्रवृत्ति आयो, राष्ट्रिय राजनीतिमा धोकाधडीको रूपमा प्रचण्ड हुनुहुन्थ्यो । को माथि हमला गर्ने, केही पनि छैन । को दक्षिणपन्थी, केही दृष्टिकोण छैन । हतियारबन्द आन्दोलनको जसअपजस नेतालाई जान्छ ? सही र गलतको जिम्मा लिनुपर्दछ । सफलता र असफलताको जवाफ प्रचण्डले दिनुपर्छ, माओवादीको अहिलेको तरिका फरक छन् । सबैविरुद्ध एमाले लड्नु पर्नेछ ।

अस्तिदेखि पोलिटब्युरो एकढिक्का छ । हामीले हाम्रो अभिभारा बुझेका छौँ, हाम्रो जिम्मेवारी बुझेका छौँ । मलाई अचम्म लागेको छ । हामीलाई असाधारण हमला भइराखेका छन् । यी त्यसै भएका छैनन्, लगानी गरेर भएका छन् । हामीले मिसन ८४ भनेका छौँ । बहुमत नभइ काम गर्न सकिन्न । एकमना एकता नभै हाम्रो नीति लागू गर्न सकिन्न । अस्तिका दिन त्यो संकल्प गरेर निस्कियौँ, हिजो अरु तयारीहरू भइरहेका छन् । कतै हामी आफ्नै संकल्पमा नरहेको जस्तो देखिन्छ । किन त्यस्तो हुन्छ ? हिजो महासचिव सही गराउन बालुवाटार पुग्नुभएको थियो । त्यसमा प्रदीप ज्ञवाली जोडेर आएको छ । सर्वोच्चले विधायिकीमाथि हमला गर्न मिल्दैन थियो, तत्कालीन सर्वोच्चले गरिदियो । अदालतले दर्ता खारेज गरेको पार्टी मिलाउन सकिने स्थिति थियो ।

पाउने कुरा, आफ्ना लागि स-साना कुरा गरेर किन हामी संकिर्ण बनेका ? हामी सुदृढ सरकार चलाइराखेका छौँ । हामी १८ महिना अर्को सरकार चलाउने छाैँ । ७० वर्ष त्यो सन्दर्भमा हामी आफैँले गरेका हौँ । लोकतान्त्रिक हुनका लागि मैले नै हो लिड गरेको । आन्तरिक पार्टी जीवनको लोकतान्त्रिकरण गरेर साझा बनाएर आठौँमा लगियो । अस्वस्थ गतिविधि हुन दिन्नौँ । म सबै साथीहरूलाई आफ्ना काँधको जिम्मेवार बन्न र बैठक सम्पन्न गर्न आग्रह गर्दछु । मैले विद्याजीलीई हिजो भेटेँ, बालुवाटार बोलाएको हो, पार्टी कार्यालय देखेको छैन भन्नुभयो के ठूलो भयो ? पूर्वराष्ट्रपति र प्रधानमन्त्री भेट्दा किन ठूलो कुरा गर्नुपर्छ ? कोही उहाँको प्रवक्ता बन्नुभएको छ । किन पर्‍यो त्यो ? मैले सुझाव दिएको छु । उहाँले के गर्नु हुन्छ, भनिसक्नु भएको छैन ।

(प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पार्टी केन्द्रीय समितिमा गरेको सम्बोधन)

You May Also Like

More From Author

+ There are no comments

Add yours