०५ साउन, काठमाडाैं । युक्रेनले रुसमा ड्रोन आक्रमण गरेपछि मस्को (रुसको राजधानी) का प्रमुख विमानस्थल अस्थायी रूपमा बन्द गरिएका छन्।
विमानस्थलहरू बन्द हुँदा कम्तीमा १४० उडान रद्द भएको स्थानीय अधिकारीले बताएका छन्।
रुसको रक्षा मन्त्रालयका अनुसार युक्रेन शनिबार बिहानदेखि रुसमा २३० भन्दा बढी ड्रोन प्रहार गरेको छ, तीमध्ये २७ वटा राजधानी मस्कोमा खसेका छन्।
रुसको उड्डयन अनुगमन एजेन्सीका अनुसार मस्कोका चार प्रमुख विमानस्थलमा काम रोकिएको छ र १३० भन्दा बढी उडान अन्यत्र डाइभर्ट गर्नुपरेको छ।
यसैबीच स्थानीय अधिकारीले रुसले राति युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा तीन जना मारिएको बताएका छन्।


+ There are no comments
Add yours