नेपालमा टेलिग्राम एप बन्द

०३ साउन, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ ।

शुक्रबार एउटा सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी भएको कारण नेपालमा टेलिग्राम बन्द गराएको हो । प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन पनि दिएको छ ।

अनलाइन ठगी र मनी लाउण्डरिङ्गको लागि टेलिग्राम एपको प्रयोग भएको प्राधिकरणको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours