०१ साउन, काठमाडौँ । भारतको राजधानी दिल्लीबाट गोवा जाँदै गरेको इन्डिगोको उडान नम्बर ६ई ६२७१ बुधबार राति ९:५३ बजे मुम्बई विमानस्थलमा आपत्कालीन अवतरण गरेको छ।
समाचार एजेन्सी पीटीआईले स्रोतहरूलाई उद्धृत गर्दै विमानको इन्जिन फेल भएपछि आकस्मिक अवतरण गर्नुपरेको उल्लेख गरेको छ। विमानमा १९१ जना सवार थिए।
यद्यपि, इन्डिगोले इन्जिन बिग्रिएको पुष्टि गरेको छैन। एयरलाइन्स कम्पनीले विज्ञप्ति जारी गर्दै दिल्लीबाट उडान भर्ने क्रममा उडानमा प्राविधिक गडबडी पत्ता लागेको बताएको छ।
प्रोटोकल अनुसार, विमानलाई डाइभर्ट गरी मुम्बई विमानस्थलमा अवतरण गरिएको हो।
इन्डिगोले पुनः उडान गर्नुअघि विमानको आवश्यक जाँच गरिने बताएको छ।
दिल्लीबाट गोवा जाने यात्रुहरूका लागि अर्को विमानको व्यवस्था गरिएको छ।
उडान ट्र्याकरहरूका अनुसार, इन्डिगोको विमान दिल्लीबाट गोवाका लागि बुधबार राति ८ बजे उडेको थियो।
गोवा पुग्नुअघि विमान राति १० बजे मुम्बईमा आपत्कालीन अवतरण गर्नुपरेको थियो।


+ There are no comments
Add yours